सुनको भाउ २ सय रुपैयाँले बढ्यो

मकवानपुरः आज मंगलबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँ रहेको थियो । त्यस्तै आज पनि चाँदीको भाउमा भने घटबढ भएको छैन ।

आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.