यु-१९ महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै

मकवानपुरः १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यसअघि नेपालले हिजो पाकिस्तानलाई ६ विकेटले हराएको थियो । यस्तै अस्ति उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर-४’ मा प्रवेश गरेको थियो ।

एशियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।
दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.