पाँच दिवसीय संगीत सम्बन्धी तालिम सम्पन्न

बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा शिक्षकहरुका लागि आयोजना भएको सिर्जनात्मक कला (संगीत) सम्बन्धी क्षमता अभिवृद्धि सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र, धुलिखेलको आयोजना, बागमती गाउँपालिकाको समन्वय र जनता माविको व्यवस्थापन आयोजित तालिम बिहिबार सम्पन्न भएको हो ।


शिक्षा तालिम केन्द्र धुलिखेका निमित्त कार्यकारी निर्देशक रूद्रहरी भण्डारीको सभाध्यक्षमा भएको तालिम समापन कार्यक्रममा विस्तारित शिक्षा तालिम इकाइ, चितवन संयोजक रामकृष्ण पौडेल, प्रशिक्षकहरू हरिचन्द्र थापा, रामकृष्ण पौडेल, जनता माविका प्रअ दिनेश माझी र सहायक प्रधानाध्यापक दीपक घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

मंसिर २३ गतेदेखि सुरु तालिममा आधारभूत तह (कक्षा ४-८) का शिक्षकहरू सहभागि भएका थिए । तालिममा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका ३० जना प्रशिक्षार्थी (शिक्षक) हरू सहभागि भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.