

मकवानपुरः बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र नेपालका लागि स्वीस सरकारका महामहिम राजदुत डा.डेनियल म्युलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटघाटको क्रममा स्वीस सरकारको सहयोगमा हाल बागमती प्रदेशभित्र कार्यन्वयनमा रहेका परियोजना तथा स्थानीय तहमा राजस्व वृद्धि गर्ने नँया परियोजनाको विषयमा छलफल मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
डा.म्युलीले स्विजरल्याण्ड सरकार, नेपालको आर्थिक विकासमा स्वीज लगानी भित्र्याउने बिषयमा सकारात्मक पहल भईरहेको र त्यसका लागि लगानीमैत्री वाताबरण निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्नुभएको थियो । द्विपक्षीय भेटका क्रममा स्वीज सरकारले बागमती प्रदेशको विकासमा गरेको लगानीको प्रसंसा गर्दै, प्रदेशमा लगानीमैत्री वातावरण निर्माणमा आफू निरन्तर लागि परेको बताउनु भयो । उक्त भेटघाटले स्वीज सरकार र बागमती प्रदेश सरकार बीचको परस्पर सम्बन्धबाट आपसी सहयोगको वातावरण निर्माण भएको मुख्यमन्त्री लामाको भनाई थियो ।
