
मकवानपुरः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-४ स्थित झ्याकेका ५२ वर्षीय प्रताप सिं मोक्तान र उनकै श्रीमती ५० वर्षीया राममाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार दिउँसो ३ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी-७ स्थित मनहरी बजारमा शंकास्पद रुपमा हिडिरहेका दुवै जनालाई खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र ९ किलो ८ सय ५० ग्राम गाँजा फेला पारी बरामद गरेको हो । गाँजासहित पक्राउ परेका दम्पतीमाथि जिल्ला अदालत मकवानपुरबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
