

मकवानपुरः नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एन्ड रोड (बीआरआई) फ्रेमवर्कको पूणर्पाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा पूणर्पाठ राखेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला अघिल्लो हप्ता दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
सम्झौतामा १० वटा परियोजना मुख्यगरी समावेश गरिएका छन् । यसमा टोखा-छहरे सुरुङमार्ग, हिल्सा-सिमिकोट सडक परियोजना, किमाथाङ्का-खाँदबारी सडक र किमाथाङ्का पुल, चीन-नेपाल क्रस बोर्डर रेलवे परियोजनालगायत रहेका छन् । सम्झौतामा चिनियाँ पक्षले बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माण गर्ने ढाँचाअन्तर्गत नेपालको विकास प्रयासलाई प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने उल्लेख छ ।
