रौतहटमा जीप दुर्घनाः ८ जनाको मृत्यु

मकवानपुरः रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा परेको हो ।

दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जीप पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर ४ मा आइपुग्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा रहेका आठ जनाको घटनास्थलमै ज्यान गएको र पाँच जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *