रवि लामिछानेमाथि अमानवीय व्यवहार रोक्न प्रचण्डको माग

मकवानपुरः नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमावनीय व्यवहार रोक्न माग गर्नुभएको छ ।

सहकारीको रकम हिनामिनाको आरोपमा थुनामा रहेका लामिछानेमाथि सरकारले प्रतिशोषपूणर्, निरंकुश, अमानवीय र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै प्रचण्डले निन्दा पनि गर्नुभएको छ । उहाँले यस्ता व्यवहार रोक्न पनि माग गर्नुभएको छ ।

प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूणर् व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.