पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका सारुको उम्मेदवारी

मकवानपुरः आगामी मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा मकवानपुर पत्रकार कृष्ण सारु मगरले आफ्नो आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आइतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै मगरले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको दोस्रो कार्यकाल महासचिव पदमा रहेका सारुले १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आगामी कार्यकालका लागि प्रदेश अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सार्वजनिक गरिएको प्रतिबद्धताका बुँदामा पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने, पत्रकारहरुको स्वास्थ्य बीमा, स्वास्थ्य परीक्षण, पत्रकारिता अध्ययनमा छात्रबृत्ति, स्वरोजगारमुलक मिडियाको प्रवद्र्धन लगायत समावेश छ ।

त्यस्तै, महासंघ बागती प्रदेश समितिको भवन निर्माण, प्रदेशका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल, महिला पत्रकार प्रोत्साहन, अग्रज पत्रकार सम्मान र बिट पत्रकारिताका लागि विशेष तालिमको व्यवस्थापन गर्ने उनको प्रतिवद्धता छ । साथै, उनले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा महासंघ केन्द्र र जिल्ला शाखाहरुसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

हाल अन्नपूणर् पोष्ट दैनिक र एपीवान टेलिभिजनको बागमती व्युरो प्रमुख रहेका उनले प्रदेश अध्यक्षको उम्मेदवारी सार्वजनिक गर्दा पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउने अठोट लिएको बताए । विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल सारुले १२ वर्षदेखि पत्रकार महासंघको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । उनले रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाईन गरि काठमाडौं र मकवानपुरका विभिन्न मिडियामा काम गरिसकेका छन् । प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा उम्मेद्वारी सार्वजनिकीकरण कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *