क्लबस्तरीय फुटबल प्रतियोगिताः फाइनल प्रवेशका लागि आयोजक र बागमती भिड्दै

बकैयाः मकवानपुरको बकैया गाउँपालिकामा जारी क्लबस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार एक खेल हुँदैछ । जन एकता क्लबको आयोजनामा वडा नम्बर-५ स्थित कर्माचुलीमा जारी प्रतियोगितामा आज दोस्रो सेमिफाइनलका खेल हुने क्लबका अध्यक्ष कृष्ण घतानीले जानकारी दिनुभयो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज शनिबार बागमती युवा क्लब सर्लाही र आयोजक जन एकता क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । विजयी टिमले आइतबार फाइनलमा उपाधिका लागि बकैया खेलकुद विकास समितिसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १-० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.