तराई–काठमाण्डौ द्रुतमार्ग बकैयास्थित ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

बकैया मकवानपुर:  मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई – काठमाण्डौ द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज विहान हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जादै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ४२ वर्षिय ट्रिपर चालक सानु लो तामाङको को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

ट्रिपर सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुंदा ट्रिपर चालक तामाङको च्यापिएर मृत्यु भएको हो । ट्रिपर चालक सानु लो तामाङको चितवन घर भएको वताएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.