उच्च अदालत बार हेटौंडाको सभाहल उद्धघाटन

 

हेटौंडा/उच्च अदालत बार एशोसियशन हेटौंडाको नवनिर्मित सभाहल उद्धघाटन गरिएको छ । शनिबार एक समारोहकाबीच नेपाल बार एशोसियशनका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उद्धघाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी घिमिरेले निकै मेहेनतबाट सभाहल निमार्ण गर्न सफल भएकोमा बार हेटौंडालाई धन्यबाद व्यक्त गर्नुभयो । साथै उहाँले सभाहलको थप स्तरोन्नतीका लागि व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग दिने समेत प्रतिवद्धता जनाउनुभयो ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बागमती प्रदेशबाट बिनियोजित २० लाख बजेटबाट सभाहल निमार्ण गरिएको बार हेटौंडाका अध्यक्ष अरुण कुमार खतिवडाले जानकारी दिनुभयो ।

बारको आफ्नै भवन भएतापनि सभाहल नहुँदा बैठक तथा कार्यक्रम गर्न समस्या भएको र अब उक्त समस्याबाट राहत मिलेको उहाँले बताउनुभयो । सभाहल निर्माण गर्न सहयोग गरेकोमा बागमती प्रदेश सरकारप्रति अध्यक्ष खतिवडाले आभारी समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका महान्यायधिवक्ता रमेश बडाल, बागमती प्रदेशका मुख्य न्यायधिवक्त शुकदेव काफ्ले, उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायधिश यमुना भट्टराई, न्यायधिश शान्ता सेढाई, नेपाल बारका पूर्व महासचिव वरिष्ठ अधिवक्ता बिजय मिश्र, सह -न्यायधिवक्ता ईश्वरी प्रसाद ढकाल लगायत वरिष्ठ अधिवक्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बार हेटौंडाका उपाध्यक्ष एवं अधिवक्ता हरिप्रसाद भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *