देवास राई भाषा पढाइ प्रवाह बारे सरोकारवाला सँगको बैठक सम्पन्न

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा देवास राई भाषा पढाइ प्रवाहबारे सरोकारवाला निकायसँग बैठक र अभिमुखिकरण भएको छ । सोमबार हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा बैठक र अभिमुखिकरण भएको हो ।

देवास राई उत्थान समाजका केन्द्रीय अध्यक्ष आशमान राईको अध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिका अध्यक्ष घलानले संविधानमा व्यवस्था भए अनुसार सबै जातिले पाएको अधिकारको प्रयोग गर्नुपर्ने बताउनुभयो। अहिलेको संविधानमा व्यवस्था गरिएको अधिकार गुमाउन सक्ने अवस्था पनि रहेकोले त्यसलाई जोगाउन लाग्नुपर्ने उहाँको भनाई छ । बागमती प्रदेशमा तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषा बनाएको भन्दै अब अन्य भाषाहरुको सुरुवात गर्न लाग्नुपर्ने बताउनुभयो । संस्थाले मकवानपुर र सिन्धुलीमा भाषा पढाइ प्रवाहबारे प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा हिमाली आदिवासी समाज नेपालकी म्यानेजर छिङचीप्पा ल्होमीले प्रस्तुतीकरण गराउनुभयो। उहाँले वर्ण निर्माण कार्यक्रम, शब्दकोष निर्माण, अनौपचारिक साक्षरता कार्यक्रम, डिजिटल लेखन र परम्परागत ज्ञान, सिप संरक्षण र सम्बर्द्धनबारे जानकारी गराउनुभयो ।

कार्यक्रम बागमती-३ का वडाध्यक्ष एवम् प्रवक्ता कमान सिं पाख्रिन, पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, वडा नम्बर एकका कार्यबाहक वडाध्यक्ष हस्त तामाङ, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ का अध्यक्ष विश्व राई लगायतको आतिथ्यता रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.