
मकवानपुर । बकैया गाँउपालिका र काठमाण्डौ विश्व विद्यालयबीच शैक्षिक सुधारको लागि सम्झौता भएको छ । आईतवार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रममा केयू बकैया फेलोसिप कार्यक्रम गर्न सम्झौता भएको हो ।
गाँउपालिकाका विद्यालयका शैक्षिक अवस्था कमजोर भएको कारण सुधारका लागि यो सम्झौता गरिएको हो । चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम तथा केयु बकैया फेलोसिप कार्यक्रमको सहकार्यमा शैक्षिक गुणस्तर सुधारको लागि यो कार्यक्रम शुरु गरिएको हो । यो सम्झौता २०८२ कार्तिक १० गतेसम्म कार्यन्वयन हुनेछ ।
सम्झौता कार्यक्रममा काठमाण्डौ विस्वविद्यलय स्कुल अफ एजुकेशनका शिक्षक र रिसर्चर केवल खत्री, साहस भन्डारी, गाँउपालिकाका शिक्षा अधिकृत आइतराम तामाङ, र गाँउपालिकाका विभिन्न महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
