गुम्बाटोललाई सडन डेथमा हराउँदै टोलस्तरीय प्रतियोगिताको उपाधि रामपुरलाई

बागमती। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ मा जारी टोलस्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि रामपुर युवा टिमले जितेको छ ।

आज बिहिबार भएको फाइनलमा रामपुरले गुम्बाटोललाई पेनाल्टी सुटआउट (सडन डेथ) मा पराजित गर्दै पहिलो पटक टोलस्तरीय प्रतियोगिताको उपाधि हात पारेको हो ।

निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा टुङ्गीएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।पेनाल्टी सुटआउटमा पनि समान ४-४ गोल भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो। दोस्रो, तेस्रो, चौथो पटकको पेनाल्टी सुटआउट पनि बराबरी भएपछि पाँचौ पटकको पेनाल्टी सुटआउटबाट मात्रै खेलमा जीतको छिनोफानो भएको थियो।

सडन डेथमा वसन्त गोलेको पेनाल्टीलाई रामपुरका गोलरक्षक केशव विष्टले रोके सँगै उपाधि हात पार्न सफल भएको थियो। यो सँगै गुम्बाटोलले उपविजेतामा चित्त बुझाउनु पर्यो ।

खेलको पहिलो हाफको २५ औं मिनेटमा जर्सी नम्बर ८ का शुशील मोक्तानको गोलले गुम्बाटोललाई अग्रता दिलएता पनि ५२ औं मिनेटमा रामपुरका जर्सी नम्बर ६ का अनिल माझीले गोल फर्काए सँगै खेल १-१ को बराबरीमा सकिएको थियो।

पेनाल्टी र सडन डेथमा गुम्बाटोलका तीन प्रहार रोकेका रामपुरका गोलरक्षक केशव विष्टले फाइनल खेलको ‘म्यान अफ दी म्याच’ र उत्कृष्ट गोलरक्षक बनी दुई विधामा ट्रफी हात पारे । त्यस्तै कोपिला युवा क्लबका समिर घिसिङ सर्वाधिक गोलकर्ता र गुम्बाटोलका शुशिल बोम्जन उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगिताको उपाधि विजेता रामपुर युवा टिमले रु २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले गुम्बाटोल युवा टिमले  रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

श्रमजीवी युवा मञ्चका अध्यक्ष  राज कुमार राईको सभाध्यक्षतामा भएको प्रतियोगितको समापन कार्यक्रममा  प्रमुख अतिथी बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, वडा नम्बर १ का कार्यबाहक अध्यक्ष हस्त बहादुर थिङ, बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङ,  वडा सदस्य ज्ञान बहादुर राई, शैक्षिक जागरण मञ्चका अध्यक्ष  वीर बहादुर राई लगायतकाको आतिथ्यता रहेको थियो ।

असोज १८ गतेदेखि नकआउट चरणमा सुरु भएको प्रतियोगिता आज बिहिबार फाइनल खेल सम्पन्न भएको हो । प्रतियोगितामा १ नम्बर वडा अन्तर्गतका  माझगाउँ युवा फुटवल टिम, श्रमजीवी युवा मञ्च ,गुम्बाटोल युवा टिम “ए”, गुम्बाटोल युवा टिम “बी”,  बन्जरे युवा टिम, गुर्दुम युवा टिम, हात्तीढुङ्गा युवा टिम, बोटगाउँ युवा टिम, रामपुर युवा टिम, कोपिला युवा क्लब “ए” र कोपिला युवा क्लब “बी” गरी जम्मा एघार टिमको सहभागिता रहेको थियो।

पुरस्कार वितरणको क्रमममा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा उपविजेता बन्न सफल सहित स्मृति क्लबमा समाहित भएका वडा नम्बर १ का खेलाडी अविशन राई, मेसक राई, प्रविन राई र अमिन राईलाई वडा नम्बर १ को कार्यालयबाट कार्यबाहक अध्यक्ष हस्तबहादुर थिङले सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

 

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.