जिल्ला लिगका उपविजेता सहिद स्मृति युवा क्लबका खेलाडी तथा प्रशिक्षक सम्मानित

बागमती। मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताका उपविजेता सहिद स्मृति युवा क्लबका खेलाडी तथा प्रशिक्षक  सम्मानित भएका छन् । बागमती गाउँपालिकाले आज एक कार्यक्रम गरी खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरेको हो ।

बागमती गाउँपालिकाको सभाहलमा आज मङ्गलबार आयोजित सम्मान कार्यक्रममा सहिद स्मृति युवा क्लबका पच्चीस जना खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक तथा टिम म्यानेजरलाई गाउँपालिका अध्यक्ष सर्केश घलानले सम्मानपत्र र नगदबाट सम्मान गरेको मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष तथा सहिद स्मृति युवा क्लबका अध्यक्ष अरुण लामा बलले जानकारी दिनु भयो ।

सम्मान कार्यक्रमममा प्रमुख अतिथी घलानले भन्नु भयो – गाउँपालिकाले खेकुद क्षेत्रमा धेरै लगानी गरेको छ, तर सोचे जति अझै लगानी गर्न सकिएको छैन , गाउँपालिकाले खेलकुदमा थप लगानी गर्नु आवश्यक रहेकोले त्यस तर्फ गाउँपालिका लाग्ने वहाँले बताउनु भयो ।  गाउँपालिकाले राष्ट्रिय स्तरको प्रतियोगिता गरिरहेको छ, राष्ट्रिय स्तरको रङ्गशाला बनाएको छ, वडा स्तरमा दुई/तीनवटा खेलमैदान बनाएको छ, खेलकुद प्रशिक्षकहरुको नियुक्त गरिएको छ , खेलाडीहरुको नियमित प्रशिक्षणको व्यवस्थापनको योजना रहेको छ, तर केहीलाई भने मनपरिरहेको छैन , अध्यक्ष घलानको भनाइ थियो ।  गाउँपालिकाले व्यवसायिक युवा खेलाडी उत्पादन गर्ने, युवाहरुलाई आत्मनिर्भर बनाउने योजना भएकोले युवा खेलाडीहरुलाई नियमित अभ्यास तथा प्रशिक्षणमा लाग्न  अनुरोध गर्नु भयो । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा उपविजेता बन्न सफल भएकोमा सहिद स्मृति युवा क्लबका टिमलाई बधाई तथा धन्यवाद दिनुभयो।

 

स्वागत मन्तव्यको क्रमममा सहिद स्मृति क्लबका  अध्यक्ष अरुण बलले भन्नु भयो- हाम्रो खेल उत्कृष्ट थियो, दुर्भाग्यवस हामी उपविजेतामा चित्त बुझाउनु पर्यो, तर हाम्रो खेल, अनुशासनले आम दर्शकको मन जित्न सफल भयौं ।  हाम्रो टिम विजेता बन्नेमा विश्वस्त थियौं, तर खेल राम्रो प्रदर्शन गर्न सफल भए पनि गोल गर्न सकेनौं । आफ्ना क्लबका खेलाडी तथा प्रशिक्षकलाई गाउँपालिकाले सम्मान गरेकोमा गाउँपालिका प्रति आभार व्यक्त गर्नु भयो ।  यस सम्मान कार्यले खेलाडीहरुको मनोवल उच्च रहेनेमा अध्यक्ष बलको विश्वास रहेको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्षता र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सामाजिक विकास संयोजक एवं वडा नम्बर ३ का वडा अध्यक्ष कमान सिं पाख्रिन, वडा नम्बर ४ का वडा अध्यक्ष  दन्तलाल माझी “किरण”, निमित्त प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण लामा बल, समाजसेवी विजय गौतम लगायतकाको आतिथ्यता रहेको थियो ।

मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित मकवानपुर  जिल्ला लिग फुटबल प्रतियोगिता गत भदौ १४ गते देखि   असोज १९ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा पदमपोखरी युवा क्लब विजेता र सहिद स्मृति युवा क्लब उपविजेता बने । सहिद स्मृति जिल्ला लिगमा पहिलो पटक सहभागी भएको हो भने पदमपोखरी पहिलो पटक लिग विजेता बनेको हो । सहभागी २८ वटा क्लबलाई चार समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *