हेटौंडा-काठमाण्डौं जोड्ने कुलेखानी बाटो खुल्यो

मकवानपुर । बाढी पहिरोका कारण अवरुद्ध भएको कुलेखानी ड्याम हुंदै फाखेलबाट काठमाण्डौं जाने बाटो खुलेको छ । फाखेलको महालक्ष्मी खोलामा १९ अशोमा सडक मर्मत कार्य गरेसंगै काठमाण्डौं आवत जावतको बाटो खुलेको हो ।

कुलेखानी ड्यामको बाटो भने दुई पाङ्ग्रे सवारी साधनको लागि मात्र  प्रयोग गर्न पाउनेछन् । बाटो खोले पनि नयाँ ट्रयाक जस्तै जस्तै भएकोले सावधानी पूर्वक यात्रा गर्न सवारी चालक तथा यात्रुलाई सुझाएको छ । यसै विच ठुला सवारी साधनका लागि कुलेखानी ड्याम मुनिको सिमखोलामा ड्राईभर्सन निर्माण कार्य भैरहेको छ । सो सडक पनि आज दिंउसो सम्म सञ्चालन हुने जनाइएको छ ।

गत अशोज ११ र १२ गतेको बाढीले हेटौडा कुलेखानी काठमाण्डौं सडकमा ठुलो क्षति पुगेपछि सडक मार्ग अवरुध्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *