मृतक फुलमायाका परिवारलाई अध्यक्ष घलानद्वारा आर्थिक सहित राहत वितरण

मकवानपुर । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले सुख्खा सल्लेनीमा पहिराेबाट मृत्यु भएका फुलमायाका परिवारलाई आर्थिक सहित राहत सामग्री वितरण गरिएकाे छ ।

 

 

 

 

 

आज शुक्रवार साँझ अध्यक्ष घलानसंगै प्रमुख प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, सामाजिक विकास संयाेजक एवम् ३ नं. वडाध्यक्ष कमान सिं पाख्रिन लगाएतकाे टाेलिले बागमती-३, सुख्खा सल्लेनिका पिडित परिवारकाे घरमै पुगेर राहत सामग्री वितरण गरिएकाे हाे ।

मृतकका परिवारलाई नगद पचास हजारकाे चेक सहित त्रिपाल -१ थान, टेन्ट सहितको होम स्टे १ थान, बाल्टीन , कुकर , डाडु पन्यु, डेक्ची-२ थान, थाल -३ थान, चक्कु ,चपिङ बोर्ड , जग -१ , गिलास , बिछ्यौना फम -१ लगायतका अत्यावश्यक जिन्सि सामग्री मृतक फुलमायाका बुवा रहर सिं थिंलाई हस्तान्तरण गरिएकाे थियाे ।

 

 

 

 

 

गत अशाेज ११ र १२ गतेकाे वर्षाका कारण आएकाे पहिराेले बागमती-३ सुख्खाका रहर सिं थिंकाे घर पुरिदा २० बर्षिय छाेरी फुलमायाकाे मृत्यु भएकाे थियाे ।
राहत वितरण कार्यमा ३ नं. वडा सदस्य रतन बहादुर बज्यु, बागमती गाउँपालिकाका राेजगार संयाेजक नगेन्द्र महताे, नगर प्रहरी फणिन्द्र गाेले लगाएतकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *