पालिका अध्यक्ष घलानद्वारा फार्साका बाढी पीडितलाई राहत सामग्री वितरण

बागमती: मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले फार्सादमारका बाढीपीडितलाई राहत सामग्री वितरण गर्नुभएको छ। हिजाे बिहिवार अध्यक्ष घलानसंगै प्रमुख प्रमुखशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतकाे टाेलिले वडा नं. ९ फार्साका बाढीपीडितहरुलाई घरमै पुगेर राहत सामग्री वितरण गर्नु भएको थियो।

 

 

 

 

अशाेज ११ र १२ गतेकाे वर्षाका कारण आएकाे बाढीले फार्साका  कनक बहादुर बज्यु, दुधा बहादुर रुम्बा, सुरेन्द्र वाईबा र सार्किमान लाेप्चनकाे घर बागमती खाेलाकाे बाढीले बगाएको थियो । पीडितहरुलाई जनही एक थान टेन्ट, त्रिपाल, खानापकाउने भाँडाकुडा लगायतका अत्यावश्यक सामग्री वितरण गरिएकाे थियाे । त्यस्तै नेपाल रेडक्रस साेसाईटी फापरबारी शाखाले पनि फार्साका बाढी पिडितहरुलाई अत्यावश्यक सामग्री वितरण गरिएकाे थियाे ।
बागमती गाउँपालिकाद्वारा स्थलगत अनुगमन पनि गरिएकाे थियाे । “बाढीले फार्सादमारको  खेतमा लगाएको धान पूर्ण रुपमा क्षति पुर्याएको छ। राहत सामाग्री सहित पालिकाको टिम जोखिमपूर्ण भिरको बाटो भएर झण्डै ३ घण्सटासम्म हिडेरै पीडित परिवारहरुको फार्सागाउँसम्म पुगेका थिए । कतैबाट गाउँसम्म पुग्ने  वैकल्पिक मार्ग नहुदा त्यहाँका समुदायले  निकै कष्टपूर्ण जीवनयापन  गरिरहेका छन्। यो समस्यालाई  सकेसम्म छिटो समाधानको लागि पहल कदमी  लिने  तयारी गरेको छु ।” अध्यक्ष घलानले बताउनु भयो ।

 

 

 

भिषण वर्षाका कारण उर्लेकाे बागमती खाेलाकाे बाढीेले विभिन्न स्थानसंगै फार्साका काभ्रे जाेड्ने झाेलुङ्गे पुल पनि बगाएको  छ । बाढीले बागमतीका वडा नं. २, ३, ९ लगायतका स्थानमा सडक, विद्युत र सञ्चार जस्ता क्षेत्रमा क्षति पुर्याएको थियो

 

 

 

 

 

राहत वितरण कार्यमा   वडा नं. ५ का अध्यक्ष विजय कुमार भाेलन, बागमती गाउँपालिका प्रशासन प्रमुख सार्थक घिमिरे लगायतकाको उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *