मकवानपुरकाे बागमती गाउँपालिकाले घरपालुवा कुकुर र बिरालाेका लागि नि:शुल्क रेविज बिरुध्दकाे खाेप लगाउने भएकाे छ । “अवराेध हटाओेै, रेविज उन्मुलन गराैं” भन्ने मुल नाराका साथ १८ ओैं विश्व रेविज दिवशकाे अवसर पारेर गाउँपालिकाकाे पशुपक्षिं विकास शाखाले समुदायमा रहेका सामुहिक तथा घरपालुवा कुकुर र विरालाेका लागि सप्ताहव्यापी नि:शुल्क रेविज विरुध्दकाे खाेप सञ्चालन गर्ने आज एक सुचना जारी गरिएकाे थियाे ।
यहि अशाेज १४ गते साेमवारदेखि सुरु गर्ने गरि पालिकाका ९ वटै वडालाई पाएक पर्ने ३ स्थानबाट छुट्टाछुट्टै मितिमा खाेप सञ्चालन गर्ने भएकाे छ । भाेलि अशाेज १४ गते साेमवार वडा नं.४, ५ र ७ का लागि झुरझुरे स्थित पशु सेवा केन्द्रबाट सेवा दिने जनाएकाे छ । त्यस्तै वडा नं.६, ८ र ९ का लागि फापरबारी पशु सेवा केन्द्रबाट र वडा नं. १, २ र ३ का लागि माझगाउँ पशु सेवा केन्द्रबाट सेवा सञ्चालन हुने जनाईएकाे छ । खाेप विहान सांढे दस बजे देखि दिउसाे सांढे दुई वजे सम्म ताेकिएकाे सेवा केन्द्रबाट सञ्चालन हुने सुचनामा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन, विश्व पशु संगठन, संयुक्त राष्ट्र संघकाे खाध तथा कृषि संगठन र रेविज नियन्त्रणकाे लागि विश्वव्यापि संगठनले कुकुरकाे टाेकाईबाट हुने मृत्युदरलाई सन २०३० सम्मा शुन्यमा झार्ने उदेश्य लिएकाे छ । साे उदेश्यलाई मुर्त रुप दिनका लागि पालिकाले निःशुल्क रेविज विरुध्दकाे खाेप सञ्चालनकाे आयाेजना गर्न लागिएकाे हाे ।
ग्रामण भेगमा अहिले पनि फाट्टफुट रेविजकाे समस्य देखा परिरहेकाे छ । गत भदाैमा मात्रै बागमती -८ मा रेविजका कारण एक बालिका सहित २ जनाकाे ज्यान गएकाे थियाे ।