बागमती-३ सल्लेनीमा पहिराेले घर पुरिदा फुलमायाकाे मृत्यु

मकवानपुर जिल्लाको बागमती गाउँपालिका–३, सुक्खा सल्लेनिमा एक घर पहिरोले पुरिएको छ । पहिरोले घर पुरिँदा २० वर्षीया फूलमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

शुक्रबार राती ११ बजेको समयमा सुक्खा सल्ले नि स्थित रहर सिंह थिङको घर पहिरोले पुरिएको थियो । प्रहरीले शनिबार बिहान मात्रै जानकारी प्राप्त भएपछि घटनास्थल पुगेको जनाएको छ ।

त्यस्तै माझगाउँमा पनि एक घर बगाएकाे छ । आज विहान बागमती खाेलाकाे बहाब बढेसँगै माझगाउँ स्थित शेर बहादुर भाेलनकाे घर बगाएकाे हाे । भाेर्लेनी, झुरझुरे ,पाँचपाण्डप , डकास, गुर्दुम, करौजे, माझगाँउ लगाएतका स्थानमा बागमती खाेला र  लामिटार पाथिभरा, बाख्रे, धन्साही लगाएतका स्थानमा चाैराकाे बाढी र खहरेका कारण लाखाै बराबरको खेतको धान बगाएको छ ।

बागमती गाउँपालिका वडा न.४ र ५ को भोर्लेनी बागेरी , झुरझुरे, पाँचपाण्डप, माझगाँउ, राईगाँउ सहितको तटीय क्षेत्रमा बसोबास गर्दै आएका सबैलाई सतर्क रहन प्रहरी प्रशासनले जानकारी गराएको छ ।  कुलेखानी ड्यामबाट निस्केकाे पानी यसै बागमती खाेला हुँदै बहने भएकाले बागमती खाेला आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेका छन ।

शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण आएको बागमती बाढीले  बागमती गाउँपालिका वडा ४ स्थित धरान चतरा सडकखण्ड अबराेध भएकाे छ । मकवानपुरको बागमती गाउँपालिका वार्ड नं. ४ पाँच पाण्डव स्थित बागमती खाेलामा आएकाे बाढीले मकवानपुर र सिन्धुली जोड्ने पुल नजिकै मकवाननपुर बाढी पसि मकवानपुरबाट सिन्धुली जाने बाटो  अवरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *