मकवानपुर । लगातार भारी वर्षाका कारण मकवानपुरको कुलेखानी स्थित इन्द्रसरोवर ताल भरिने सम्भावना बढेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रले साे जानकारी दिए पश्चात ईन्द्रसराेबर गाउँपालिकाले आज एक सुचना जारी गरी स्थानीलाई उच्च सतर्कता अपनाउन जानकारी दिएको छ ।
अहिले सतर्कताकाे लागी जिल्ला कार्यलय मकवानपुरले आवश्यक तयारी सहित खाेला आसपासका बासिन्दालाई माईकिङ गरिरहेकाे जानकारी प्राप्त भएकाे छ ।
ताल भरिएपछि ओभर फ्लो हुने वा ड्यामको ढोका जुनसुकै बेलापनि खोल्न सकिने अवस्था आउने भएकोले इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ वडाका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्थानीयलाई नदी आसपास नजान र उच्च सतर्कता अपनाइ सुरक्षित स्थानमा बस्न पनि पालिकाले सबैलाई आग्रह गरेको छ।
कुलेखानीबाट निस्किएकाे पानी बागमतीमा मिसिने भएकाे हुँदा बागमती नदी आसपासका बासिन्दाहरु पनि उच्च सतर्कता अपनाउदै सुरक्षित स्थानमा रहनु पर्ने हुन्छ । कुलेखानी सिस्नेरी खाेला हुँदै बागमतीमा मिसिन्छ र बागमती खाेला मकवानपुरकाे ईन्द्रसराेबर, भिमफेदी, बागमती गाउँपालिका, सिन्धुलीकाे हरिहरपुरगढी गाँउपालिका, सर्लाहीकाे बागमती नगरपालिका र राैतहट चन्द्रपुरकाे नुनथर तटीय क्षेत्र हुँदै नेपाल बहिर निस्किन्छ ।
यो देशकै सबैभन्दा ठूलो जलाशयुक्त परियोजना पनि हो ,। कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रो १४ मेगावाट क्षमताको आयोजना हो।