मकवानपुर । बागमती गाउँपालिकाले क्षयरोग (टीबी)का बिरामीलाई दोस्रो चरणको पोषण सामग्री वितरण गरेको छ । हिजो सोमवार बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीको प्रमुख आतित्थ्यता ४ नं. वडा अध्यक्ष दन्तलाल माझीको अध्यक्षता र लेखा अधिकृत झम्कनारायण घलान, कार्यक्रम संयोजक योगेश घलान लगाएतको उपस्थितिमा ४ नं. वडाका ११ जना विरामीहरुलाई जनही तिन हजार रुपैंया बरावरको खाद्यान्न पोषण सामग्री वितरण गरिएको हो ।
पोषण सामग्रीमा २० किलोको एक बोरा चामल, १ लिटर खाने तेल, २ किलो दाल, १ पाकेट सर्वोत्तम पिठो, डेढ किलो चना, १ क्रेट अण्डालगायतका सामग्री वितरण गरेको छ ।
हाल बागमती गाउँपालिकाका ९ वटा वडामा रहेका ३९ जना क्षयरोग विरामीलाई पोषाण वितरण गरिएको बताईएको छ । जसमा वडा नं.१ मा २ जना, वडा नं.२ मा ७ जना, वडा नं.३ मा २ जना, वडा नं.४ मा ११ जना, वडा नं.५ मा ४ जना, वडा नं.६ मा ३ जना, वडा नं.७ मा १ जना, वडा नं.८ मा ६ जना र वडा नं.९ मा २ जना गरि १४ महिला र २५ पुरुष विरामी रहेको क्षयरोग मुक्त अभियान कार्यक्रम बागमतीका संयोजक योगेश घलानले जानकारी दिनुभएको छ ।
दोस्रो चरणको पोषण सामग्री वितरण तालिका अनुसार आज अन्तिम दिन वडा नं.३ मा २ जना क्षयरोग विरामीलाई सामाजिक विकास संयोजक एवम् ३ नं, वडाका अध्यक्ष कमान सिङ पाख्रिनको सहभागितामा वितरण गरिएको छ । बागमती गाउँपालिकाका अन्य वडाहरुमा प्रत्येक वडामा रहेको स्वस्थ्य सेवा केन्द्रबाट वडाका जनप्रतिनिधीको सहभागितामा पोषण सामग्री वितरण गरिएको हो ।
बागमती गाउँपालिका भित्रका वडाहरुमा रहेको स्वास्थ्य सेवा केन्द्रमा नाम दर्ता भइ उपचाररत क्षयरोगीका बिरामीहरुलाई पालिकाले पोषण सामग्री वितरण गरेको हो । प्रत्येक वडाका क्षयरोगीले वडामा रहेका स्वास्थ्य सेवा केन्द्रबाट नियमित उपचार गराइरहेको बामगती गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिनेश कुमार गुप्ताले जानकारी दिए ।
पालिकाले बाँकी महिनाहरुमा क्षयरोगका नयाँ विरामीले औषधी सुरु गरेको समयदेखी दुई महिनसम्म पोषण सामग्री उपलब्ध गराउनेछ ।
क्षयरोग मुक्त अभियान नेपाल कार्यक्रम अन्तरगत पालिकाले यो दोस्रो चरणको पोषण सामग्री वितरण गरिएको हो । पहिलो चरणको सामाग्री वितरण गत असार महिनामा पालिकाका अध्यक्ष सर्केश घलानको आतित्थ्यतामा पालिकाबाटै वितरण गरिएको थियो । पहिलो चरणमा पनि पालिका भरीका ४१ जना विरामीलाई पोषण सामग्री वितरण गरिएको थियो ।
यस क्षयरोग मुक्त अभियान कार्यक्रम देशका १ सय २५ वटा स्थानीय तहमा सञ्चालन भैरहेको छ । मकवानपुरमा भने बागमती गाउँपालिका र थाहा नगरपालिका गरि २ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालनमा रहेको छ ।
नेपाल सरकारले सन २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त बनाउने लक्ष्य राखेका छन ।