मकवानपुरकाे बागमती गाँउपालिका वडा नं. १ काे आयोजनामा आज (साेमबार) वडा भरिकाे बजारमा अनुगमन गरिएको छ ।
नजिकिदै गरेकाे चाडपर्वकाे अवसर छाेपी व्यपारीले विभिन्न सरसामानकाे आफुखुशी मुल्यबृध्दी गर्नुका साथै कालाेबजारी तथा म्याद सकेकाे सरसामान बेच्न सक्ने सम्भावना भएकाले बजार अनुगमन गरिएकाे १ नं. वडाध्यक्ष हस्त बहादुर थिङले जानकारी दिनुभएकाे छ ।
वडाकाे अन्तिम स्थान हात्तिढुङ्गा देखि बाेटगाँउ, माझगाउँ, बञ्जरे, कराैंजे, गुर्दुम र भैंसे क्षेत्रमा सञ्चालित विभिन्न ३५ वटा व्यवसायीक पसलहरुमा अनुगमन गरिएको हो । जसमा किराना पसल ३०, मासु पसल १, भेटेरेनरी पसल १, हार्डवेर पसल १ र गेष्ट हाउस १, अौषधी पसल १ गरि ३५ वटा पसल तथा ब्यवसायहरुकाे अनुगमन गरिएकाे थियाे ।
अनुगमनबाट म्याद नाघेका सरसामानहरु भेटिएकाे र उक्त सर सामानलाई अनुगमन टाेलिले जफत गरि वडा कार्यलयमा राखिएकाे बताईएकाे छ । जफत गरिएकाे सरसामान व्यपारीले रित पुर्याई लिन आएमा डिलरलाई फिर्ता हुनेगरि दिन सकिने र ७ दिन भित्र दावी गर्न नआए वडा कार्यलयले नष्ट गर्ने अध्यक्ष थिङले बताउनुभयाे ।
अनुगमनमा १ नं. वडा भित्र सञ्चालनमा रहेकाे ३५ वटा ब्यबसाय मध्ये ३ वटा नविकरण गर्न समेत बाँकी रहेकाे भेटिएकाे छ । उक्त पसलहरुलाई टाेलिले नविकरणका लागि पालिकामा जान सल्लाह सुझाव दिएकाे वताईएकाे छ । पालिका भित्र रहेका ३७ पसल मध्ये ३ वटा बन्द अवस्थामा भेटिएकाे पनि जनाईएकाे छ ।
साथै अनुगमन टाेलिले हेटाैंडाबाट तरकारी लिएर आएका २ वटा गाडीकाे पनि अनुगमन तथा चेकजाँच गरिएकाे थियाे ।
पसलहरुको गुणस्तरीयता सुधार्न अनुगमन गरिएको हुँदा कमीकमजोरी सुधारेर पसल सञ्चालन गर्न समेत निर्देशन दिइएको अध्यक्ष थिङले बताउनुभएकाे छ ।
पसल अनुगमन कार्यक्रममा आयोजक १ नं. वडा कार्यालयसहित स्थानीय नगर प्रहरीहरु, शिव राईगाउँ प्रहरी चाैकीका असई र हवल्दार, बागमती गाउँपालिकाका कृषि तथा पशु कर्मचारीहरु लगाएतकाे सहभागिता रहेकाे थियाे ।