मकवानपुरकाे बागमती गाउँपालिका-१ माझगाउँ स्थित सुर्य मावि परिसरमा संविधान तथा राष्ट्रिय दिवशकाे अवसर पारेर १ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन हुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटाैंडाकाे आयाेजना तथा बागमती प्रदेश स्वास्थ्य निर्देशनलायकाे समन्वय र बागमती गाउँपालिकाकाे सहजिकरणमा यहि अशाेज ३ गते बिहिबारका दिन शिविर सञ्चालन हुन लागेको हो ।
शिविरमा सामान्य चिकित्सा, बाल स्वास्थ्य, हाडजोर्नी, स्त्री तथा प्रसुती, छाला रोग, दात तथा गिँजा, आँखा तथा नाक कान घाँटी, सुगर परीक्षणका साथै विभिन्न विशेषज्ञद्वारा स्वास्थ्य सम्वन्धी सम्पुर्ण सेवाहरु नि:शुल्क प्रदान गरिने बागमती गाँउपालिका जन स्वास्थ्य निरिक्षक दिनेश गुप्ताले जानकारी दिनु भएकाे छ ।
शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटाैंडाबाट २४ जना विशेषज्ञ सहितकाे कर्मचारी खटिने प्रतिष्ठानले सुचना जारी गरिएकाे छ । शिविरमा स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले आवश्यक अौषधीकाे व्यबस्थापन गरिने भएकाे छ । साथै थप चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक अौजार उपकरणकाे व्यबस्था हेटाैंडा अस्पतालले गर्ने भएकाे छ ।
जिल्लाकाे ग्रामिण क्षेत्रमा यस्ता प्रकारका सेवा सुविधाले पालिका र छिमेकी जिल्ला सिन्धुलीका जनता लाभान्वित हुने १ नं. वडाका कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ्ले बताउनुभएकाे छ । स्थानीय स्तरमा सञ्चालित शिविरले सामान्य उपचार गराउन टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्ने वडाध्यक्ष थिङले विश्वास व्यक्त गरे । पालिकाका नागरिकलाई सेवा लिई लाभान्वित हुन उनले आग्रह समेत गरेका छन् । सेवाग्रहीलाई शिविरका विषयमा केही असहज भए सहयाेगका लागि आफुलाई सम्झिन समेत आग्रह गर्नुभएकाे छ ।