बागमती स्वास्थ्य शाखाको वार्षिक प्रगति समीक्षा सम्पन्न

बागमती: मकवानपुरको बागमती गाउँपालिकाको स्वास्थ्य कार्यक्रम तर्फको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

बागमती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य कार्यक्रम तर्फको आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा कार्यक्रम यही भदौ १३ र १४ गते गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो।

 

 

 

 

 

 

वार्षिक समीक्षा कार्यक्रमा स्वास्थ्य शाखा प्रमुख दिनेशकुमार गुप्ताले गत आ.व. २०८०/०८१ मा स्वास्थ्य शाखाबाट सम्पादित कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन पेस गर्नु भएको थियो । प्रतिवेदन अनुसार पालिकामा खोप कभरेज एम.र.टु. १०२%, रहेको छ । पूर्ण खोप सुनिश्चितता तथा दिगोपाना पोषण कार्यक्रममा मकवानपुर जिल्ला मै पहिलो पालिका भएको छ । संस्थागत सुत्केरी ७५%, क्षयरोग बिरामी उपचार सफल दर ९५%, क्षयरोग पहिचान दर २४१ रहेको वहाँले जानाकरी गराउनु भयो । त्यस्तै गत आ.व. मा स्वास्थ्य क्षेत्रको वित्तीय प्रगति ८५% रह्यो । पालिकाभित्र स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप बिरामी सङ्ख्या एक हजार ३ तीन सय ४४ जनाको पहिचान भएको छ । सरदर अनुगमन औषत वृद्धि दर एघार छ । पालिका अन्तर्गतका ६४ जना दीर्घरोगीहरुलाई जनही मासिक पाँच  हजारका दरले उपचार खर्च उपलब्ध गराएको शाखा प्रमुख गुप्ताले बताउनु भयो । स्वास्थ्य परीक्षणको क्रमममा गत आ.व.मा सबै भन्दा बढी आँखा पाक्ने रोग सङ्क्रमित बिरामीहरु देखिएको वहाँले जानकारी दिनुभयो ।  गत आ.व.मा तिलगंगा आँखा केन्द्र, हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा सञ्चालन गरेको आँखा शिविरमा २३५ जना मोतियाबिन्दु बिरामीहरुको सफल शल्यक्रिया गरिएको शाखा प्रमुख गुप्ताले जानकारी दिनु भयो ।

 

 

 

 

 

 

वार्षिक समीक्षा बागमती गाउँपालिकाको ३ वटा वडाका स्वास्थ्य चौकी प्रमुख र ६ आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख र ३ जना विद्यालय नर्सहरुले  आ-आफ्नो संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी बताउनु भयो ।त्यस्तै नागरिक आरोग्य केन्द्र, बागमती सामुदायिक आँखा केन्द्र र गैरसरकारी संस्थाहरु टि.पी.ओ. नेपाल र जन्त्र नामक संस्थाका प्रमुख एवम् फिल्ड संयोजकहरुले आ-आफ्नो संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको शाखा प्रमुख गुप्ताले बताउनु भयो।

समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यगर्ने एक स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो। वडा नं.८ स्थित बेतिनी स्वास्थ्य चौकी फापरबारीमा कार्यरत अ.न.मी. निर्मला राई सम्मानित भएकी हुन्।

 

 

 

 

 

 

 

 

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिनेश कुमार गुप्ताको अध्यक्षता भएको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष सर्केश घलान, विशिष्ट अतिथी सामाजिक विकास संयोजक कमान सिं पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, वडा नम्बर ५ का अध्यक्ष विजय कुमार भोलन, जिल्ला जनस्वास्थ्य  प्रमुख कृष्णबहादुर मिजार, लगायतको आतिथ्य रहेको थियो । साथै समीक्षा गोष्ठीमा पालिकाका कर्मचारी एवम् सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालय नर्स लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा क्षयरोग कार्यक्रम संयोजक योगेश घलानले स्वागत गर्नु भएको थियो भने अ.न.मी. सुजिता जिरेलले सहजीकरण गर्नु भएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *