बागमती: मकवानपुरको बागमती गाउँपालिकामा कार्यरत कर्मचारीद्वारा पालिकाको परिसर सरसफाइ गरेको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको पहलमा आज शुक्रबार पालिकाको परिसर सरसफाइ गरेको हो ।
गाउँपालिकामा कर्मचारी नियमित उपस्थिति र कार्यालयीय कामकाजमा व्यस्त रहनु कर्मचारीको दैनिकी हुँदै आएकोमा आफ्नो कार्यालय भित्र र बाहिरी परिसर सरसफाइ गर्नु कर्मचारीको पनि कर्तव्य ठानी आज शुक्रबार बिहान दश बजेदेखि एघार बजेसम्म एक घण्टा कर्मचारी संगठनको अगुवाइमा सरसफाइको कार्य गरेको संगठनका अध्यक्ष राजेन्द्र गोलेले जानकारी दिनुभयो । अब हाम्रो संगठनको अगुवाइमा पालिकामा कार्यरत सबै कर्मचारी साथीहरुको संलग्नतामा सरसफाइको काम हप्ताको एक दिन कम्तिमा एक घण्टा प्रत्येक शुक्रबारका दिन गर्ने सल्लाह भएको छ, अध्यक्ष गोलले भन्नु भयो । आगामी दिनमा पनि सरसफाइको कार्यलाई नियमितता दिने वहाँले बताउनु भयो । सरसफाइ अभियानमा ३७ जना कर्मचारी सहभगी रहेको अध्यक्ष गोलेले जानकारी दिनु भयो ।