विद्युत प्राधिकरण हेटौंडाको चरम लापरबाही: सेवाग्राहीलाई अनावश्यक  लाखौंसम्मको बिल तिराउँदै

बागमती: मकवानपुरको बागमती गाउँपालिकामा विद्युत् प्राधिकरण हेटौंडाले लापरबाही गरेको पाइएको छ । प्राधिकरणले बागमतीका सेवाग्राहीलाई हजारौं रुपैयाँदेखि ८ लाख रुपैयाँको अनावश्यक बिल दिएर लापरबाही गरेको हो ।

प्राधिकरणले अहिले तीन तीन महिनामा मात्रै सेवाग्राहीको घरको मिटर रिडिङ गर्ने गर्दछ l मासिक रुपमा मिटर रिडिङ गर्नु पर्नेमा त्यसो नगरेको सेवाग्राहीहरु बताउँछन् । `तीन महिनामा एक पटक बल्ल मिटर रिडिङ हुन्छ, विद्युत महसुलको बिल हातमा ठम्याउँछन्, बिलमा भएको अस्वाभाविक रकम देख्दा अचम्म लाग्छ ।  मिटर रिडरलाई सोधपुछ गर्दा यसबारे कार्यालयमा नै बुझ्नु होला भन्ने गर्छ ।´एक सेवाग्राहीले बताए ।

बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ  निवासी गणेश बहादुर राईको तीनवटा बत्ती बालेको गत तीन महिनाको विद्युत महसुल बिल ८ लाख ४४ हजार ७ सय ३१ रुपैयाँको  आएको भन्ने समाचार सञ्चार माध्यमबाट थाहा पाए पछी सोही वडाको टाँडी गाउँ निवासी कोमल जङ्ग राना पनि आफू विद्युत प्राधिकरणबाट पीडित रहेको हामीलाई जानकारी गराए । पीडित रानाको घरमा पाँचवटा बत्ती, टिभी, पङ्खा सामान्य खालका विद्युतीय सामग्री प्रयोगमा ल्याएको अवस्थामा पनि गत बैशाख, जेठ र असारसम्म तीन महिनाको विद्युत महसुल ४१ हजार ९७ नब्बे रुपैयाँको बिल आएपछि विद्युत प्राधिकरणको कार्यालय हेटौंडा पुगेर गुनासो गर्दा समेत रकम अनिवार्य भुक्तानी गर्नु पर्ने र थप विलम्ब गरे नियमानुसार जरिवाना रकम बढ्ने कार्यालयका कर्मचारीले बताएको पीडित रानाले बताए । रानाले अस्वाभाविक रुपमा उठेको विद्युत महसुल रकम सच्याउन केही व्यक्ति र कार्यालयका कर्मचारीहरु संग हारगुहार गर्न भ्याए तर विद्युतको महसुल घट्ने भन्दा पनि उल्टो विलम्व वापत थप जरिवाना परेको उनले गुनासो गरे l पीडित रानाले तीन महिनाको विद्युत महसुल केही दिन अघि मात्रै ५४ हजार ५ सय रुपैयाँ भुक्तानी गर्न बाध्य भए ।

बागमती गाउँपालिकाका वडा नम्बर २ का राई र राना केवल पीडित सेवाग्राहीहरु मध्ये प्रतिनिधिमुलक सेवाग्राही मात्रै हुन् ।अहिले धेरै पीडित सेवाग्राहीहरुको गुनासो आउन थालेको छ । तर विद्युत प्राधिकरण कार्यालय हेटौंडाले भने समस्या समाधानको उपाय भन्दा पनि मिटर रिडिङ गर्दा आएको रकम भुक्तानी गर्नु पर्ने अडान राख्दै बिल अनुसारको रकम भुक्तानी गर्न बाध्य बनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *