

आशिष बल
बागमती: मदन भण्डारी राजमार्ग अन्तर्गत मकवानपुरको पूर्वी बागमती गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी जोड्ने बागमती पुल नजिकै स्कर्पियो दुर्घटना भएको छ । आज बिहाना ७:५० बजे बागमती प्रदेश B AD ७३४६ नम्बरको कालो रङको स्कर्पियो दुर्घटना भएको हो । उदयपुरबाट हेटौंडा तर्फ जादै गरेको स्कर्पियो अनियन्त्रित भइ दुर्घटना भएको चालक दिपक परियारले बताए।
स्कर्पियोमा चालक सहित पाँच यात्रु सवार रहेका थिए । झुरझुरे प्रहरी चौकीका अनुसार चालक उदयपुर जिल्ला कटारी नगरपालिका-४ निवासी वर्ष ३६ को दिपक परियार, सोही नगरपालिका निवासी वर्ष ५३ को राजिव थापा, वर्ष ४७ को पुष्पा थापा, र मोरङ जिल्ला विराटनगर महानगरपालिका -१६ निवासी वर्ष ६८ को हरि थापा सामान्य घाइते भएका छन् भने मोरङ जिल्ला विराटनगर महानगरपालिका-१६ निवासी वर्ष ६५ को लक्ष्मी थापा घम्भिर घाइते भएकी छिन। घाईतेहरुलाई बागमती गाउँपालिका वडा नम्बर ४ स्थित सान्भी हेल्थपोलिक्लिनिकमा सामान्य उपचार पश्चात् थप उपचारको लागि हेटौंडा लगिएको छ।
