बागमतीले ल्यायाे ७० करोड ५३ लाख ८५ हजार पाँच सय रुपैयाँकाे बजेट

बागमती: मकवानपुरको पूर्वी बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ ।गाउँपालिका अध्यक्ष सर्केश घलानको सभाध्यक्षतामा भएको १२ औं गाउँसभाको दोस्रो बैठकमा वडा नं. ५ का वडा अध्यक्ष विजय भोलनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका लागि ७० करोड ५३ लाख ८५ हजार पाँच सय रुपैयाँ बजेट पारित भएको हो ।

पालिकालाई संघीय वित्तीय हस्तान्तरित सशर्त अनुदान ३१ करोड २५ लाख, संघीय विशेष अनुदान ५० लाख, प्रदेश सशर्त अनुदान ४ करोड १३ लाख ७ हजार, प्रदेश विशेष अनुदान ५० लाख, प्रदेश समपुरक अनुदान ५२ लाख गरी संघ र प्रदेशबाट हस्तान्तरित अनुदान रकम जम्मा ३६ करोड ९० लाख ९७ हजार र आन्तरिक तर्फको बजेट पूर्वाधार विकास तर्फ ६ करोड ६३ लाख ४६ हजार, आर्थिक विकास तर्फ ९ करोड ८१ लाख ५० हजार, सामाजिक विकास तर्फ ५ करोड ५३ लाख ४५ हजार पाँच सय, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६३ लाख ५० हजार, सार्वजनिक सेवा तथा तथा क्षमता विकास तर्फ ११ करोड ९७ हजार गरी जम्मा ३३ करोड ६२ लाख ८८ हजार पाँच सय गरी संघ, प्रदेश र आन्तरिक तर्फ गरी कुल ७० करोड ५३ लाख ८५ हजार पाँच सय रुपैयाँको बजेट प्रस्तुत भएको थियो। पालिकाको नीति तथा कार्यक्रम भने गत असार १० गते नै पारित भएको थियो ।

“आर्थिक विकासको आधार, कृषि, पशु उत्पादन तथा बजारीकरण र स्वरोजगार” भन्ने नारा सहित कृषि,पशु क्षेत्रमा बीउपूँजी कार्यक्रम र आन्तरिक स्रोत परिचालन तथा आय स्रोत वृद्धिका लागि क्रसर उद्योग सञ्चालनलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडा नं. ६ का वडाअध्यक्ष टेक बहादुर डिम्डुङ, वडा नं. ७ का अध्यक्ष उत्तर बहादुर भोलन, वडा नं. ८ का अध्यक्ष इन्द्रमनी तिमल्सिना र वडा नं. ९ का अध्यक्ष पुनराम घलान लगायत केही गाउँसभाका सदस्यहरु उपस्थित भएनन् ।

असन्तुष्ट उपाध्यक्ष र वडा अध्यक्षहरुले विभिन्न माग र आरोप सहित बजेट रोक्न पालिका अध्यक्ष घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानको विरुद्ध गत असार २३ गते उच्च अदालत पाटन हेटौंडामा रिट दायर गरेका थिए । दायर रिटमा बजेट रोक्न अन्तरिम आदेश जारी गर्न माग गरे पनि अदालतले अन्तरिम आदेश जारी नहुने भनी गत असार २८ गते फैसला सुनाए संगै पालिकालाई बजेट ल्याउन बाटो खुलेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *