राईगाउँमा निःशुल्क पशु स्वास्थ्य शिविरका साथै कृत्रिम गर्भाधान मिसन कार्यक्रम सञ्चालन

राईगाउँ, मकवानपुर । मकवानपुरकाे सुदुरपूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नं. २ मा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन भैरहेकाे छ । २ नं. वडा को आयोजना तथा बागमती गाउँपालिका पशुपंछी विकास शाखाको समन्वयमा निःशुल्क पशु स्वास्थ्य शिविरका साथै कृत्रिम गर्भदान मिसन कार्यक्रम (डाेर टु डाेर अभियान) संचालन गरिएकाे हाे । शिविर यहि असार ९ गते देखि सञ्चालनमा ल्याईएकाे छ ।

 

 

 

 

 

 

 

 

 

बागमती २ नं वडा कार्यालयकाे आयाेजना भएकाेले राईगाउँ क्षेत्रका किसानहरूका लागि निःशुल्क पशु स्वास्थ्य शिविर संचालनमा ल्याएकाे वडा अध्यक्ष जनक बहादुर पहरीले बताउनु भएकाे छ । यस कार्यलाई आगामी वर्षदेखि वडा भरि नै सञ्चालन गरिने याेजना रहेकाे अध्यक्ष पहरीले बताउनुभयाे ।

 

 

 

 

किसानको घर घरमा पुगेर शिविरका माध्यमबाट कृत्रिम गर्भाधान, पशु बीमा, निःशुल्क खोप, पशु स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण जस्ता सेवाहरू एकैपटक प्रदान गरिएको बागमती गाउँपालिका पशु पंक्षि विकास शाखा प्रमुख डा.विमाेचन पाैडेलले जानकारी दिनु भएकाे छ ।

 

 

 

 

 

 

 

 

 

 

पालिकाकाे नीति तथा कार्यक्रममा पनि “आर्थिक समृृद्धिको आधार, कृषि, पशु उत्पादन तथा स्वरोजगार” भन्ने मुल नाराका साथ कृषि तथा पशुपंक्षि विकासलाई प्राथमिकताका साथ समावेश गरिएकाे छ

 

 

 

 

 

 

 

 

 

यस कार्यक्रमलाई थप केही दिन संचालन गरिने पशु पंक्षि शाखा प्रमुख डा. पाैडेलले जानकारी दिनु भएकाे छ  ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.