शहिद बटुमायाकाे बुवा अब रहेनन् हामी माझ

मकवानपुर । १० बर्षे महान जनयुध्दका सहिद बटुमाया पाख्रिन “अञ्जु” का बुवाकाे निधन भएकाे छ । यहि जेष्ठ १७ गते बागमती- ३, गढन स्थित आफ्नै निवासमा सहिद अञ्जुकाे बुवा मानवीर पाख्रिनकाे निधन भएकाे नेकपा माआेवादी केन्द्रका नेता एवम् ३ नं. पुर्व वडाअध्यक्ष बल बहादुर पाख्रिनले जानकारी दिनुभएकाे हाे ।

वि.स. २००७ साल पाैष ७ गते जन्मिनु भएका मृतक पाख्रिन ७३ बर्षकाे उमेरमा आफ्नै काल गतिका कारण निधन भएकाे जनाईएकाे छ । “१६ गते दिँउसाे देखि बुवालाई अचानक दमले च्यापेकाे थियाे, अत्याधिक गर्मी थियाे, फ्यानकाे हावा उत्तिकै ताताे । १७ गते विहान करिब ११ बजे तिर एम्बुलेन्स पनि घर आईपुग्नु बुवाले पनि संसार छाेड्नु भाे।” मृतकका कान्छा छाेरा एवम् ३ नं. पुर्व वडा सचिव गणेशमान पाख्रिनकाे भनाई थियाे ।

मृतक पाख्रिनकाे बाैध्द धर्म परम्परा अनुसार जेष्ठ १८ गते शुक्रबार अन्त्येष्टी गरिएकाे छ । बाैध्द परम्परा अनुसार नै यहि जेष्ठ २९ गतेबाट घेवा सुरु भई ३१ गते समापन हुने बताईएकाे छ ।

मृतक पाख्रिनकाे २ भाइ छाेरा र ५ बहिनी छाेरी थिए ।
५ बहिनी छाेरी मध्ये सहिद बटुमाया “अञ्जु” कान्छी छाेरी हुन । अञ्जु २०५८ साल देखि नेकपा माआेवादिकाे जनमुक्ति सेना लडाकु थिए । अञ्जुकाे तत्कालिन शाहि सेनाद्वारा २०६० साल चैत्र ६ गते मकवानपुरकाे आग्रा, गाेगनेमा निर्मम हत्या गरिएकाे बताईएकाे छ, भने २०६५ पाैष ९ गते सहादत भएकाे निर्णय गरिएकाे थियाे ।  अञ्जुकि दिदी कविता माया पाख्रिन पनि जनयुद्धमा आबध्द हुनुहुन्थ्याे । हाल कविता शारिरीक अशक्त हुनुहन्छ ।

पाख्रिनकाे जेठा छाेरा आशाकाजी पाख्रिनकाे २ बर्ष अगाडि २०७९ बैशाख १० गते कलेजाे समस्याका कारण निधन भएकाे थियाे । कान्छा छाेरा बुहारि छुट्टिएर बसेकाे छ । हाल घरमा मृतक पाख्रिनकाे ७८ बर्षीय श्रीमती, जेठी बुहारी र एक/एक नातानतिनी मात्र छन ।

मृतक पाख्रिन ६ दाजुभाई मध्ये जेठाे हुनुहुन्थ्याे । बागमती गाँउपालिका सामाजिक विकास शाखा एवम् ३ नं. वडाध्यक्ष कमान सिं पाख्रिनले शहिदका बुवाकाे असामायिक निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे थियाे ।

१० बर्षे जनयुध्दमा बागमती- ३ गढन स्थित पाख्रिन परिवारका ३ जना गरि ५ जनाले ज्यान गुमाएका थिए । ति ५ जना शहिदलाई नेपाल सरकारले २०७९ फागुन १५ गते सम्मान स्वरुप सहिद घाेषणा गर्ने निर्णय गरि २०७९ फागुन २९ गते नेपाल राजपत्रमा प्रकाशित गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *