बागमतीमा प्रधानाध्यपकहरुकाे बैठक सम्पन्न

बागमती, मकवानपुर । मकवानपुरकाे बागमती गाँउपालिकामा नियमित प्रधानाध्यापक बैठक सम्पन्न भएकाे छ । बागमती गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हिजाे आईतबार पालिका सभा हलमा बैठक सम्पन्न भएकाे हाे ।

बैठकमा पालिका भित्रका पचास वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियाे ।

 

 

 

 

 

आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम आउनु पूर्व महत्त्वपूर्ण सुझाव संकलन गर्ने उद्देश्यले प्र.अ. बैठकको आयोजना गरिएको शिक्षा शाखा प्रमुख प्रमाेद कुमार राईले बताउनुभयाे ।

बैठकका एजेन्डाहरु मध्ये मुलतः शिक्षाका तीन प्रश्न संग सम्बन्धित रहेर छलफल गरिएको थियाे ।

१. गाँउपालिकाले आगामी नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने महत्त्वपूर्ण शिक्षा सम्बन्धि तीन वटा नयाँ योजनाहरु के के हुन सक्छन् ?
२. तपाईंको विद्यालय सेवा क्षेत्रमा बालबालिकाहरु कोही बाहिर छन् ?
३. शैक्षिक सत्र २०८१ को दोस्रो महिना सम्ममा तपाईंको विद्यालयमा थलानी गर्नुभएको वा सम्पन्न गर्नुभएको एक योजना तथा कार्यक्रम के के हुन् ? जस्ता प्रश्नसंग केन्द्रित रहेर छलफल गरिएकाे थियाे ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रमोद कुमार राईको संचालनमा भएको बैठकमा बागमती गाँउपालिका उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना, सामाजिक विकास संयोजक एवम् ३ नम्बर  वडाध्यक्ष कमान सिं पाख्रिन, शैक्षिक जागरण मञ्चका संयोजक एवम् पालिका शिक्षा समिति सदस्य वीर बहादुर राई लगायतको आतिथ्यतामा भएको बैठकमा जनता माध्यमिक विद्यालय प्रअ दिनेश माझीको अध्यक्षता रहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *