हेटौंडा सिमेन्ट उधोगका नेकपा माओवादी केन्द्र निकटका अखिल नेपाल औद्योगिक मजदुर सङठनका ४१ जना मजदुरहरुले सङगठन परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी निकट एकीकृत ट्रेड यूनियन महासङ्गको घटक संगठन नेपाल औद्योगिक मजदुर सङगठनमा प्रवेश गरेका छन् । मजदुर सङगठन इकाई कमिटी हेटौंडा सिमेन्ट उद्योग लिमिटेड गठन गर्ने भन्दै दिपक सिं थोकरको संयोजकत्वमा तदर्थ समिती समेत गठन गरिएको छ । समितिमा काशीनाथ सुवेदी , भरत ठाकुर , अनिलकुमार महासेठ , राम बहादुर थापा , गजेन्द्र कुमार पण्डित , भिमबहादुर वाइबा , शुसिला भ्लोन , जुनु अधिकारी , छुनु अधिकारी , कौशल कुमार शाह , सन्तोष प्रधान लगायतका रहेका छन् । नवगठित समितिलाई बधाई दिन्दै एकीकृत ट्रेडयूनियन महासङ्गका केन्द्रिय उपाध्यक्ष दिनेश राई , पार्टी का केन्द्रिय सदस्य मुनु सिग्देल , नगर प्रमुख मिनाकुमारी लामा , प्रदेश कमिटी सदस्य गायत्री सुवेदी , जिल्ला अध्यक्ष बिस्णु दाहाल , सचीव धुर्ब भुजेल लगायत ले स्वागत गर्दै बधाई दिएका थिए । कार्यक्रममा नेकपा एसका रास्ट्रीय प्रतिनिधि परिषद सदस्य यादव गजुरेल , जिल्ला कमिटी सदस्य तथा मजदुर इन्चार्ज दिपाक बस्नेत लगायतकाको उपस्थित रहेको थियो ।