मकवानपुर, जेठ १३ गते आईतबार । मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -९ स्थित सप्तकन्या आ.वि. गहतेस्वाँराकाे नवनिर्मित भवन र शौचालयकाे आईतवार उदघाटन भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितमान बलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तान र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रुपमा नवनिर्मित दुई काेठे भवनकाे उदघाटन गर्नुभएकाे हाे ।
आ.व. २०७९/०८० मा सामाजिक विकास मन्त्रालयबाट बिनियोजित रकम २५ लाख रुपैंयामा दुई कोठे भवनकाे निर्माण सम्पन्न गरिएकाे हाे । त्यसै गरि मन्त्रालयबाटै आ.व.०८०/०८१ मा विनियाेजित रकम रु १० लाखबाट शौचालय निर्माणकाे काम सम्पन्न गरिएकाे बागमती गाउँपालिका सामाजिक विकास संयाेजक एवम ३ नं. वडाअध्यक्ष कमान सिं पाख्रिनले बताउनु भएकाे छ ।
भवन उदघाटनका क्रममा प्रमुख अतिथि माेक्तानले
गुणस्तरीय शिक्षा प्राप्तिको लागि शिक्षक मात्र नभई अविभाकहरुको पनि सक्रियता अनिवार्य रहेकाे बताउनुभएकाे छ । समाज परिवर्तनको लागि गुणस्तरीय शिक्षा जरुरी छ । विद्यालयमा अविभावकको चासो शिक्षकको मेहनत भएनन् भने भवन बनाएर मात्र उपलब्धी नहुने बताउनु भएकाे छ । बालबालिकाको भविष्यको लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने कुरामा पनि माननीय मन्त्रिले स्पष्ट पार्नुभएकाे थियाे ।
मन्तब्यकै क्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले गुणस्तरिय जीवन यापनको निम्ति उत्पादनमा जोड्न जरुर छ र सहज जीवनको लागि शिक्षा अपरिहार्य रहेकाे जिकिर गर्नुभएकाे थियाे ।
विद्यालयका प्रधानाध्यापक सौगात भोलनले संचालन गरिएको कार्यक्रममा बागमती गाउँपालिका सामाजिक विकास संयोजक एवम् ३ नं. वडा अध्यक्ष कमान सिं पाख्रिन,९ नम्बर वडाध्यक्ष पुनराम घलान, २ नं. वडाध्यक्ष जनक पहरी, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका इन्चार्ज ज्ञान सागर भोलन, नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटि अध्यक्ष अरुण बल, पुर्व ४ नं. वडाध्यक्ष रहरमान थिं लगायतको आतिथ्यता रहेको ।