मकवानपुर बागमती-३ स्थित दंगालकाे घरमा आगलागी

बागमती, मकवानपुर/ बागमती गाउपालिका वडा नम्बर -३ तिनभङ्गाले स्थित एक घरमा आगलागी भएको छ । हिजाे ९ गते बुधबार राती १२ बजे तिर तिनभङ्गाले निवासी तारानाथ दंगालको घर जलेर नष्ट भएको ३ नं. वडा सदस्य रतन बज्यु “सुनिल”ले जानकारी दिनुभएकाे छ ।

आगलागीले घर संगै नगद ७० हजार रुपैंया, नागरिक्ता, लत्ताकपडा र अन्नपात समेत पुर्ण रुपमा जलेर खारानी भएकाे घरमुलि पिडित तारानाथ दंगालले जनाएकाे छ ।

गए राती करिब १२ बजे तिर अचानक घरमा आगाे सल्किरहेकाे अवस्थामा थाहा भएको पिडितले जानकारी गराएको छ ।

रातकाे समय भएकाले घर भित्र भएको कुनै पनि सर सामन, लत्ताकपडा जिन्सी निकाल्न नपाएको पिडित दङ्गल ले जानकारी दिएको छ ।

आगोलागीमा  परि नागरिकता लगायतको महत्त्वपूर्ण कागजात सहित दशमुरी धान, पन्ध्र मुरी मकै, चामल दुई बोरा,नगद सत्तरी हजार, भाँडाकुँडा, लत्ताकपडा गरि झण्डै १२ लाख  बराबरको क्षती भएकाे खबर प्राप्त भएकाे छ ।

आगलागी भएको खबर प्राप्त हुन साथ शिव प्रहरी राइगाउँका टाेली,  ३ नं. वडाध्यक्ष कमान सिं पाख्रिन, वडा सदस्य तुल बहादुर मोक्तान, भगबती माझी, रतन बज्यु “सुनिल” नाङसाल क्लबका अध्यक्ष देब स्याङतान लगायतका ब्यक्तिहरु घटना स्थल पुगि उद्दार र  पीडितलाई तत्काल राहतको पहल गर्न लागि परेकाे जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *