
जेष्ठ ५, काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघ नेपालका आंगिक संगठन जनकलाकार संघ नेपालकाे केन्द्रीय अध्यक्षमा शान्ती कठायत सर्वसम्मत निर्वाचित भएका छन । नेकपा माआेवादी केन्द्रकाे केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडा, काठमाण्डाैमा शनिबार सम्पन्न जनकलाकार संघ नेपालकाे तेस्रो सम्मेलनले कठायतको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रिय कमिटि सर्वसम्मत चयन गरिएको हो ।
केन्द्रिय कमिटिको उपाध्यक्षमा गेम थापा, शारदा लिम्बू र अमर राेका महासचिवमा शारदा धर्ती, उप-महासचिवमा बालकृष्ण भलामी, सचिवमा दिपक राई र राम परियार, काेषाध्यक्षमा चन्द्रा बस्नेत लगाएत ६७ सदस्यीय केन्द्रीय कमिटी सम्मेलनबाट चयन भएको हो ।
जनसाँस्कृतिक महासँघले यसै अन्तर्गतका आंगिक संगठन जनकलाकार, लेखक, ललितकला, चलचित्र, नट्या लगायतका संगठनहरुकाे केन्द्रिय सम्मेलन गरि नयाँ कमिटि गठन गरिरहेकाे छ । अङ्गिक सङ्गठनकाे सम्मेलन सकिए लगत्तै महासँघकाे केन्द्रिय सम्मेलन गरिने जनसाँस्कृतिक महासँघ बागमती प्रदेशका अध्यक्ष विश्व दाेङले जनकारिए दिनुभएकाे छ ।
महासँघकाे अध्यक्ष धनु ज्ञाङ्मीकाे सभाध्यक्ष, नेपाल सरकारका माननीय सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि कला साहित्य तथा साँस्कृतिक विभाग प्रमुख गाेपाल ठाकुर, जनसाँस्कृिक महासँघका केन्द्रिय ईञ्चार्ज ईश्वरचन्द्र ज्ञवाली, जनसाँस्कृिक महासँघका उपाध्यक्ष विद्राेही, राकेश किराती लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधि र परिवेक्षकहरु सहभागीता रहेको थियो ।
