बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान

थाहा ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको नेकपा माओवादी केन्द्रका नेतृ तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन।

शनिबार थाहा नगरपालिकाको वडा न ८ मा भएको नेकपा माओवादी केन्द्र वडा न ८ को वडा सम्मेलनलाई संवोधन गर्दै बताए ।
ऐलेको संघीयता, धर्म निरपेक्षता, समानुपातिक, सहभागितामूलक ब्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको बताए ।

मन्त्री मोक्तानले दामगाडे,आग्रा,महादेवबेसी सडक आयोजना यसैको उदाहरण भएको बताउदै ९९ सय करोडको यो आयोजना पूरा भएपछि यस क्षेत्रको सर्वाङ्गिण विकास कसैले रोक्न नसक्ने बताउदै प्रदेश सरकारले निश्चित बजेटको बाबजुद थाहा नगरपालिकाको बिकासको लागि सक्दो पहल गरिरहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र वडा न ८ का उपाध्यक्ष डम्बर बहादुर रुम्बाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका थाहा नगर इन्चार्ज तथा पुर्व नगर प्रमुख लवशेर बिष्ट,नगर प्रमुख बिष्णु बिष्ट,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,अखिल नेपाल महिला संघ क्रान्तिकारीका नगर अध्यक्ष शकुन्तला गोपाली,माओवादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य हरु अरुण रायमाझी,टिकाराम रुम्बा,सनमसिंह स्याङ्तान लगायतकाले शुभकामना दिएका थिए।
सम्मेलनमा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,वाइसीएल थाहाका दिपेन्द्र कुमार थिङ लगायतका माओवादी नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सम्मेलनमा नेकपा एमाले परित्याग गरि ३ जना माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका नगर उपाध्यक्ष सुमन कार्कीले जानकारी दिए।
वडा भेलाले राजकुमार थिङ सुवासको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ।जस्को उपाध्यक्षमा डम्बर बहादुर रुम्बा र कृष्ण बहादुर सापकोटा,सचिव राममणी कार्की,सहसचिव मणिकलाल घलान,र कोषाध्यक्षमा लक्ष्मी कार्की रहेका छन।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.