
बागमती (झुरझुरे) – मकवानपुरको बागमती गाउँपालिकामा स्काउटमा आवद्ध विद्यार्थीहरूको लागि २ रात ३ दिवसीय स्काउट फ्रेण्डसिप क्याम्प सुरु भोलि बुधबारदेखि सुरु हुने भएको छ। बागमती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा नेपाल स्काउट बागमती प्रदेश स्काउट, स्थानीय स्काउटको व्यवस्थापनमा उक्त क्याम्प हुन लागेको हो। गत वैशाख २३ गते शाखाले एक सूचना जारी गर्दै सो विषयमा जानकारी गराएको हो।
क्याम्प भोलिदेखि बागमती गाउँपालिका वडा नं. ४ झुरझुरे स्थित महाबुद्ध आधारभूत विद्यालयको प्राङ्गणमा हुने सूचनामा उल्लेख छ । बागमती गाउँपालिका तथा जिल्ला स्थित छिमेकी पालिकाका अन्तर्गतका स्काउट सञ्चालन भएका विद्यालहरुले आफ्नो विद्यार्थीलाई सहभागी गराउन आह्वान गर्दै शाखाले सूचना जारी गरेको हो । पढाई बाहेक अतिरिक्त कृयाकलापमा जोड दिने र विद्यार्थीहरुमा सामाजिक, मानसिक, बौद्धिक धार्मिक र आध्यात्मिक गुणको विकास गर्नको लागि क्याम्पको आयोजना गरिएको सूचनामा उल्लेख छ।
