बागमती, मकवानपुर ।मकवापुरकाे बागमती-५ काेईरालामा गाईपालन सम्वन्धी ३ दिने तालिमकाे आज उद्घाटन गरिएकाे छ । लघु उद्धम विकास शाखा बागमती गाँउपालिकाकाे आयाेजनामा आज बुधवार बागमती- ५ काेईराला स्थित रहेकाे सत्संग भवनमा तालिमकाे उद्घाटन गरिएकाे हाे । सामाजिक विकास संयाेजक कमान सिं पाख्रिनकाे प्रमुख आतित्थ्यतामा तालिमकाे उदघाटन गरिएकाे हाे ।
गरिबी निवरणका लागि लघु उद्धम विकास (मेडपा) कार्यक्रम अन्तर्गत रहेर गाई पालन व्यवसायमा ईच्छुक उद्धमीहरुका लागि ३ दिने तालिमकाे आयाेजना गरिएकाे जनाईएकाे छ ।
तालिममा सहभागी ७ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षक एवम् बागमती गाँउपालिका पशु चिकित्सक डाक्टर विमाेचन पाैडेलले यहि २८ गते सम्म ३ दिन प्रशिक्षण दिने भएकाे छ । तालिममा ५ जना महिला र ४ जना पुरुष गरि ७ जना उद्धमीकाे सहभागीता रहेकाे छ ।
गत माघ महिनाकाे ४-११ गते सम्म काेईरालामा उद्धम विकास तालिममा सहभागि उद्धमीहरुले गाईपालन सम्वन्धी तालिम छनाैट गरिएकाे थियाे । साे अनुरुप उक्त ७ जना उद्धमीहरुलाई तालिमकाे आयाेजना गरिएकाे सामाजिक विकास शाखा प्रमुख विनिता मरासिनिले बताउनुभएकाे छ ।
त्यस्तै यहि जेष्ठ ६ देखि ८ गते सम्म ३ दिन बाख्रा पालन सम्वन्धी तालिम सञ्चालन हुने बताईएकाे छ । गत माघ १६-२२ गते सम्म बागमती- २ शाखाटारमा उद्धम विकास तालिममा सहभागि उद्धमीहरुले बाख्रापालन सम्वन्धी तालिमकाे माग गरिए अनुसार साेहि स्थानमै तालिम सञ्चालन गरिने प्रमुख मरासिनिले बताउनुभएकाे छ ।
नेपाल सरकार सशर्त अनुदानबाट ३ लाख ५२ हजार ७ सय रुपैंया बजेट मार्फत तालिमकाे आयाेजना गरिएकाे राेजगार संयाेजक नगेन्द्र महताेले जानकारी दिनुभएकाे छ । गत आर्थिक वर्ष २०/२० जनालाई व्युटिसियन, प्लम्विङ र ईलेक्ट्रिसियन सम्वन्धी आधारभुत तालिम सञ्चालन गरिएकाे जनाईएकाे छ । त्यस्तै १५/१५ जनालाई सिलाई/कटाई सम्वन्धी आधारभुत र एडभान्स तालिम सञ्चालन गरिएकाे राेजगार संयाेजक महताेले जानकारि दिनुभएकाे छ ।
बागमती गाँउपालिकाकाे लघु उद्धम विकास शाखाबाट यसै वर्ष १२ जनालाई नेल आर्ट एड्भान्स व्युटिसियन सम्बन्धी ४५ दिने तालिमकाे आयाेजना गरिएकाे छ । तालिम हेटाैडा स्थित एलाेरा व्युटिपार्लर ट्रेनिङ सेन्टरबाट सञ्चालन भैरहेकाे छ ।
सामाजिक विकास संयाेजक एवम् ३ नं. वडा अध्यक्ष कमान सिं पाख्रिनकाे प्रमुख आतिथ्यता र ५ नं. वडा अध्यक्ष विजय भाेलनकाे अध्यक्षतामा तालिमकाे उदघाटन गरिएकाे थियाे । उदघाटन सत्रकाे स्वागत मन्तव्य सामाजिक विकास शाखा प्रमुख विनिता मरासिनि र सञ्चालक राेजगार संयाेजक नगेन्द्र महताेले गर्नुभएकाे थियाे ।