आध्यात्मिक सशक्तिकरणबाट शान्ति संभव छ: प्रदेश सभा सदस्य पुलामी

ब्रह्मकुमारी राजयाेग सेवा केन्द्र मकवानपुरले स्वच्छ र स्वास्थ्य समाजकाे लागि आध्यात्मिक सशक्तिकरण अभियान सुरु गरेेकाे छ ।विश्वका १४० मुलुकमा शनिबार सुरु भएकाे अभियान अन्तरगत हेटाैंडामा भएकाे क्षेत्रीय शुभारम्भ समाराेहमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले आध्यात्मिक सशक्तिकरणबाट शान्ति संभव रहेकाे बताए । समाजमा हिजो एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने गरेकाे तर आज एक अर्कोलाई सिद्याउने प्रचलन बढेकाे उनले बताए ।

‘चाहे जुनसकै धर्म र आस्थाको कारण लडाइ भएकाे होस्, त्यसले नाश मात्रै गरेको छ, पृथ्वी बचाउनको लागि हर सबैमा एकले अर्कोलाई सम्मान गर्ने आदतकाे अनिवार्यता छ’ पुलामीले भने । कार्यक्रममा हेटाैंडा ११ का वडा अध्यक्ष जुना दाहालले भाैतिक विकासमा मात्रै ध्यान नदिइ आध्यात्मिक सशक्तिकरणमा पनि लगानी आवश्यक भएकाे बताइन् । बालबालिकालाई सही संस्कार सिकाउन जरुरी रहेको उनले बताइन् ।
पछिल्लाे समय मानवमा घमण्ड बढ्दाे र करुणा प्रेम घट्दो अवस्थामा रहेकाे मनकामना दुग्ध उत्पादन सहकारी संस्था अर्जुन दाहालले बताए । ‘सुख र शान्ति भनेकाे समृद्ध, प्रेम र सहकार्यमा छ, सुख पैसामा धनमा हैन, अन्तरमनमा छ’ दाहालले भने ‘आफूलाई बिर्सेर अरुलाई समर्पण गर्दा सुख छ, आनन्द पाइन्छ ।’ प्रेम बाड्न सकियो भने स्वस्थ्य रहन सकिने बताउँदै दाहालले भने ‘जस्ताे आहार उस्तै ब्यावाहार र बिचार हुन्छ, खानपानमा पनि व्यवहार परिवर्तन गरौं ।’

योग ध्यान प्राणायमले पनि शारीरिक र मानसिक स्वस्थ्य संभव भएकाे आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कविराज निरीक्षक बिनोद शाहले बताए । मानव कल्याणको लागि अभियान सुरु भएकोमा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कविराज निरीक्षक शाहले खुसी ब्यक्ति गरे । आध्यात्मिक शक्ति सबै प्रकारको शक्तिको स्रोत भएको ब्रह्मकुमारी राज योग सेवा केन्द्र क्षेत्रीय संयोजक शुसिला दिदीले बताइन् । सबै मानव आत्माहरू आफू सुध्रिएर परिवारलाई सुधार गर्न तर्फ लाग्नुपर्ने उनले बताइन् । सकारात्मक चिन्तन नै विशेष सम्पत्ति भएको उनले बताइन् ।

समाजलाई प्रकृतिलाई योगदान गर्नको लागि याे अभियान शनिबारबाट विश्वभर सुरु भएको उनले बताइन् । सकारात्मक संकल्प राख्न अनुरोध गर्दै भनिन् ‘जे सोच राखेर काम गर्‍यो,नतिजा उहीँ नै हुन्छ, याे समय भनेकाे संकल्प सुधारको समय हो।’ सबैको राम्रो र भलो होस् भनेर सोच्नेको पनि सधै भलो तथा सकारात्मक नै हुने उनले बताइन् । विश्वको आत्माले नै सकारात्मक संकल्प गर्नुपर्ने र बुझेकाले नै अरुलाई बुझाउन यो अभियान थालिएको उनले बताइन् ।

कार्यक्रममा केन्द्रका प्रशिक्षक ब्रम्हकुमार विजयराजले स्वच्छ र स्वास्थ्य समाजकाे लागि आध्यात्मिक सशक्तिकरण अभियानकाे आवश्यकताबारे जानकारी गराएका थिए । आध्यात्मिक सशक्तिकरण ज्ञानकाे चार्जिङकाे रुपमा उनले प्रस्तुत गरे ।

आध्यात्मिक सशक्तीकरणले आत्मालाई सशक्त बनाउने, १४० राष्ट्रमा अभियान सुरु गरिएको केन्द्रका देवनारायण लामिछाने बताए । यसैगरी सेवा केन्द्रकाे प्रशिक्षक ब्रम्हकुमार मणिले बाहिरी स्वच्छता मात्रै भएर नहुने र यसकाे लागि आन्तरिक रुपले मानसिक स्वस्थ्य आवश्यक भएकाे बताए ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.