नेवार समुदाय कला र भाषा संरक्षण र प्रवर्द्धन गर्न निरन्तर लागी परेको छ : स्वास्थ्यमन्त्री श्रेष्ठ

 

हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नेवार समुदायले राजनीतिक देखि राष्ट्र निर्माण गर्ने कार्यमा समेत कला र भाषा संरक्षण र प्रबर्दनका लागि निरन्तर लागिरहेको बताउनु भएको छ ।
शनिवार नेवा गुंठी खल मकवानपुरको तेश्रो साधरण सभा नेवाः एक चिनारी स्मारीका विमोचन एवम सम्मान कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

हिजोको दिनमा उपत्यकामा मात्र नेवार समुदायको
बाहुल्यता थियो र त्यहिबाट कलाको संरक्षण प्रवद्र्धन भईरहेको थियो भने आज नेपालको धेरै भु-भाग र शहरहरुमा पनि विभिन्न माध्यमबाट फैलिएर आफ्नो संस्कृति, भाषा र कलाको जर्गेडा गरि महत्वपूणर् योगदान खेलेकोमा सम्पुर्ण नेवार समुदाय प्रति खुसी व्यक्त गर्दै धन्यवादको पात्रसमेत रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । आफ्नो भाषा,धर्म र संस्कृती जोगाउन गरिएको योगदान प्रती सम्मान समेत व्यक्त गर्नुभयो ।

संस्कृति जोगाउन मात्र नभइ व्यापार व्यवसाय, उद्योग धन्दासमेत गरि रोजगारी सिर्जना गर्दै उद्यमिसमेत उत्पादन गरि राष्ट्रको पुजी निर्माणमा नेवार समुदायको महत्त्वपूणर् भूमिका रहेको उँहाको भनाई थियो । हरेक आन्दोलन र परिवर्तनमा समेत नेवारी समुदायको महत्वपुर्ण उपस्थित रहेको भन्दै नेपालको परिवर्तनमा नेवार समुदायको थुप्रै अग्रज नेताहरुको महत्त्वपूणर् भूमिका रहेको बताउनुभयो । बागमती प्रदेशले नेवारी भाषा र तामाङ भाषालाई कामकाजको भाषाको रुपमा पनि स्थापना गरिसकेको र त्यसमा नेवार समुदायको महत्त्वपूणर् योगदान समेत प्रष्ट पार्नु भयो। अहिले नेवार समुदायले संस्कृती जगेर्ना गरि भोज भतेर जस्ता तडकभडक मात्र नगरी त्यस भन्दा अलि फरक ढंगबाट नेवार समुदायले हेटौंडा बजारमा जन्मे देखि मर्ने बेला सम्मको विधि र संस्कृतीलाई पुस्तान्तरण गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।

नेवा गुठी खल मकवानपुरका अध्यक्ष अनिल कृष्ण खड्गेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ मन्त्री एकलाल श्रेष्ठ,बागमती प्रदेश सभा सदस्य लक्ष्मी देवि श्रेष्ठ, श्री सत्य ओम बाबा ,नेवा देय दवु, बागमती प्रदेश अध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट संचालक पुर्णबहादुर जोशी लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *