मकवानपुरकाे बागमती गाँउपालिकाले शिक्षक बैंक स्थापना गर्ने भएकाे छ ।
पालिकाले आज एक सुचना जारि गर्दै शिक्षा समितिकाे मिति २०८० चैत्र १७ मा भएकाे निर्णय अनुसार “शिक्षक बैंक ब्यवस्थापन कार्यबिधि, २०८०” बमाेजिम शिक्षक बैंक स्थापना गर्ने भएकाे छ ।
शिक्षक बैंक अन्तर्गत “शिक्षक प्रतीक्षा सुचि” रहनेछ । पालिका अन्तर्गत रहेका सामुदायिक विदयालयमा कार्यरत शिक्षक लामाे समय विदामा बस्दा विदा अवधिभर उक्त प्रतीक्षा सुचिमा सुचिकृत शिक्षकलाई खटाईने जनाईएकाे छ । शिक्षक लामाे समय विदामा बस्दा नियमित पठन-पाठनमा पर्ने प्रतिकुल असरलाई व्यवस्थित गरि पठन-पाठन कार्यलाई नियमित्ता प्रदान गर्ने उदेश्यका साथ शिक्षक बैंक स्थापना गर्नु पर्ने भएकाे सुचनामा उल्लेख गरिएकाे छ ।
सामुदायिक विदयालयका शिक्षकहरुले शिक्षा ऐन तथा नियमावली बमाेजिम पाउने विविध प्रकारका बिदाहरु कुनै न कुनै बेला उपयाेग गर्छन् । कतिपय विद्यालयमा रिक्त अस्थाई दरबन्दी रहेकाे अवस्था पनि छ । साे अवस्थामा यस शिक्षक बैंकले दैनिक शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिने र नव शिक्षकहरुलाई थप शिक्षणकाे तयारी सँगै आर्थिक रुपमा पनि टेवा पुग्ने सामाजिक विकास शाखा संयाेजक कमान सिं पाख्रिनले बताउनु भएकाे छ ।
सुचनामा बालविकास केन्द्र सहजकर्ता, प्रा.वि., नि.मा.वि र मा.वि. तहका लागि दरखास्त आह्वान गरिएकाे छ । बालविकास र गापा अनुदानका लागि स्थाई अध्यापन अनुमती पत्र अनिवार्य गरिएकाे छैन । अस्थाई र करारकाे लागि भने ऐन तथा नियमानुसार सिफारिस हुने जनाईएकाे छ ।
नि.मा.वि.र मा.वि. तहकाे लागि विषयगत शिक्षक माग गरिएकाे छ । जसमा अंग्रेजी, गणित, विज्ञान र कम्प्युटरका लागि बिषयगत रुपमा दरखास्त दिन सकिनेछ ।
शिक्षक बैंक अन्तर्गत रहने शिक्षक प्रतीक्षा सुचिमा सुचिकृत हुन ईच्छुक र याेग्यता पुगेका व्यक्तिहरुका लागि पालिकाले दरखास्त आह्वान गरेकाे छ । दरखास्तकाे समय सुचना प्रकाशित मितिबाट १५ दिन भित्र सानिमा बैंकमा रहेकाे पालिकाकाे आन्तरिक राजश्व शिर्षकमा जम्मा गरिएकाे भाैचर सहितकाे दरखास्तकाे लागि बागमती गाँउ कार्यपालिकाकाे कार्यलयमा सम्पर्क गर्न भनिएकाे छ ।
बागमती गाँउपालिका भरि जम्मा ५० वटा सामुदायिक विद्यालयहरु छन । जस अन्तर्गत प्रा.वि ३५ वटा, निमावि १० वटा र मावि ५ वटा रहेकाे छ ।