

बागमती, मकवानपुर : कायरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बागमती गाउँपालिका वडा नम्बर ८ कायर निवासी देवराम रुम्बाको आज बिहान करेन्ट लागेर ज्यान गएको हो ।
आइतबार विहान आफ्नै घर अगाडिको मकैबारीमा मकै हेर्न गएका ५५ वर्षीय रुम्वालाई बारीमा भुँईमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
शनिवार राति हावाहुरीले तार भुँईमा लतारेको थियो । उनले मकैबारीमा तार नदेखेका कारण तार छुन गएको हुन सक्ने स्थानीयवासीले बताएका छन् ।
उनको शव पोष्टमार्टमका लागि हेटौंडा लगिएकाे ईलाका प्रहरी कार्यलय फापरबारीले बताए ।
