भोलिदेखि हुने एसईईमा जनता मावि परीक्षा केन्द्रको सम्पूर्ण तयारी पूरा, २ सय ३८ परीक्षार्थी सहभागी हुँदै

बागमती  बिहिबार (भोली) बाट देशैभर सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को  मकवानपुरको पूर्वी बागमती गाउँपालिकाको एक मात्र परीक्षा केन्द्र जनता माविमा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ l  जनता मावि परीक्षा केन्द्रमा  २ सय ३८ परीक्षार्थी  परीक्षामा सहभागी हुने प्रधानाध्यापक एवम् परीक्षा केन्द्रका केन्द्राध्यक्ष  दिनेश माझीले जानकारी दिनुभयो । साधारण धारको नियमित तर्फ १ सय ९३, ग्रेडवृद्धि १० र प्राविधिक धार तर्फको ४१ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् l

प्रश्न पत्र र उत्तर पुस्तिका केन्द्रमा आइसकेको र रुजु समेत भएकोले सबै तयारी पूरा भएको केद्रध्यक्ष माझीले बताउनु भयो । यस केन्द्रमा कुनैपनि अपाङ्गता भएका परीक्षार्थी छैनन्, केन्द्राध्यक्ष माझीले भन्नु भयो । यस वर्ष सबै कोठामा सीसी टिभी (क्यामरा) जडान गरिएकोले कार्यालय कक्षबाट एकसाथ सबै  कोठाको अनुगमन तथा अवलोकन गर्न सकिने वहाँले जाकारी दिनु भयो l

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्ष हुने एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तहमा ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । सामुदायिकतर्फ १ सय  र संस्थागततर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने समन्वय इकाई प्रमुख दिनानाथ गौतमले चैत्र ६ गते केन्द्र कायम गरेको सूचना  सार्वजनिक गरी जानकारी दिएका छन् ।

यस वर्ष मकवानपुरमा बागमती गाउँपालिकाको जनता मावि फापरबारी, बकैया गाउँपालिकाको बुद्ध मावि हात्तीसुडे र महेन्द्र मावि छतिवन, थाहानगरपालिकामा जनकल्याण मावि पालुङ, मत्स्यनारायण मावि पालुङ, इन्द्रसरोवर गाउँपालिकामा सरस्वती बालबोधीनी मावि मार्खु, भीमफेदी गाउँपालिकामा बज्रबाराही मावि,निबुवाटार र महेन्द्र मावि भिमफेदी, मनहरी गाउँपालिकामा  राष्ट्रिय रोटरी मावि सुनाचुरी, महेन्द्र किरण मावि ज्यामिरे परीक्षा केन्द्र तोकिएका छन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिकामा महेन्द्र किरण मावि बसामाडी, निर्मल मावि बस्तिपुर,वंशगोपाल माध्यमिक विद्यालय चौघडा, आधुनिक राष्ट्रिय  मावि, ज्ञनदा मावि,वाल ज्योती मावि पिप्ले, सिद्धार्थ मावि, भुटनदेवी मावि, जिएस निकेतन, सोलिड्यारिटी बोर्डिङ स्कुल, प्रगति मावि, जनप्रिय मावि हटिया,अमर मावि, चन्द्रोदय मावि र राक्सिराङ गाउँपालिकस्मा प्रजा जागृति मावि गरी  २६ परीक्षा  केन्द्र निर्धारण गरेको छ ।

गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो । मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तोकिएको छ ।

मकवानपुरमा एसइई परीक्षामा नियमिततर्फ ५ हजार ७ सय ५०, प्राविधिक धारतर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेडतर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिकतर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ६३ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने समन्वय ईकाईले जनाएको हो । साथै  परीक्षामा सहभागी हुन देशभरबाट ४ लाख ८९ हजार विद्यार्थीले आवेदन दिएका छन्।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.