विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस एमालेको प्यानल विजयी

संवाददाता -आशिष बल ,

मकवानपुर (बागमती) – विद्यालय व्यवस्थापन समिति सदस्य छनोटको लागि भएको निर्वाचनमा राजनीतिक दल बीच प्रतिस्पर्धा भएको छ l प्रतिस्पर्धामा कांग्रेस र एमाले गठबन्धन प्यानलका उम्मेदवारहरु विजयी भएका छन् l बागमती गाउँपालिका वडा नम्बर ७  पाथिभरा स्थित चौरा आधारभूत विद्यालयको व्यवस्थापन समितिका चार सदस्य  चयनका लागि आज मंगलबार चुनाव सम्पन्न भयो । दलीय समूह खडा गरी गरिएको चुनावमा कांग्रेस र एमालेको संयुक्त प्यानलबाट विजयी भएका छन् l

कांग्रेस र एमालेको संयुक्त प्यानलबाट रामकृष्ण श्रेष्ठले निर्वाचन चिन्ह टेबलमा ९८ मत, कृष्णबहादुर श्रेष्ठले निर्वाचन चिन्ह पंखामा  ९७ मत, विनिता गोलेले निर्वाचन चिन्ह घडीमा १ सय मत र टुल्की माया राईले निर्वाचन चिन्ह किताबमा  ९७ मत प्राप्त गरी विजयी भए l

त्यस्तै, नेकपा माओवादी केन्द्रको  प्यानलबाट उम्मेवारी दिएका विवेक सिंतान, मेनुका कुमारी राना, मोहन बहादुर थोकर  र गंगा कुमारी थोकर पराजित भए l सिन्तानको निर्वाचन चिन्ह कुर्सी, रानाको निर्वाचन चिन्ह कम्प्युटर  र थिङ द्वयको निर्वाचन चिन्ह चरा र घरमा क्रमश: ८३, ८२,८२ र ८३ मत प्राप्त गरेका थिए l

 

कक्षा ८ सम्म संचालनमा रहेको सो विद्यालमा इमिसमा भएको तथ्यांक अनुसार भर्ना भएका २ सय ९५ बालबालिकाका  १ सय ९० जना अभिभावकहरु मध्ये महिला ८२  जना र पुरुष १ सय ६ जना गरी जम्मा  १ सय ८८ जना (९८.९४ %) अभिभावकले निर्वाचनमा मतदान गरेका थिए l  जसमध्ये १ सय ८४ मत सदर र ४ मत पूर्णरुपमा बदर भएको थियो l निर्वाचनमा मतदानको कार्य आज मंगलबार विहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म चलेको थियो  l  अपरान्ह २:३० बजेदेखि सुरु भएको  मतगणना कार्य बेलुकी ४:२५ बजे सपन्न भएको थियो l

शिक्षा ऐन, २०२८  को दफा १२ को “क” र बागमती गाउँपालिकाको स्थानीय शिक्षा ऐन, २०७४ को दफा १६ को उपदफा १ (क) मा व्यवस्था भएबमोजिम   अभिभावकले आफूहरु मध्ये छनोट गरी पठाएको कम्तिमा दुई महिला सहित चार सदस्य हुने व्यवस्था छ l सोही चार सदस्य छनोटका लागि पटक–पटक गरिएको छलफलले सहमतिमा व्यवस्थापन समितिका सदस्य  चयन गर्ने  प्रयास असफल भएपछि उनीहरू लोकतान्त्रिक विधिबाट समिति सदस्य चयन गर्ने निर्णयमा पुगेका हुन् ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न अविभावकको मतदानले कम्तिमा दुई महिलासहित चार  सदस्य निर्वाचित गर्नुपर्ने र दुई सदस्य, शिक्षक स्टाफहरु मध्येबाट एक शिक्षक सदस्य , सम्बन्धित वडाका वडा अध्यक्ष वा निजले तोकेको एक  पद्देन्न सदस्य र विद्यालयको प्रधानाध्यापक गरी ९ जना  सदस्यसहितको समिति रहने व्यवस्था छ l पालिकाको ऐन अनुसार बहालवाला जनप्रतिनिधि तथा शिक्षक अध्यक्ष हुन नसक्ने व्यवस्था छ । आभिभावकबाट निर्वाचित चार र मनोनित दुई सदस्यबाट व्यवस्थापन  समितिको अध्यक्ष बन्ने ऐनमा व्यवस्था  छ भने प्रधानाध्यापक सदस्य सचिव रहने छ l

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *