बागमती गाउँपालिकाकाे मन्साहीमा बाघले चारवटा गाई मार्याे

मकवानपुर (बागमती ) मकवानपुरमा बाघले चारवटा गाई मारेको छ । बागमती गाउँपालिका ७ मन्साही जरायोटारस्थित मनकामना सामुदायिक वनमा चरनमा रहेका चारवटा गाईलाई बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्थानीय ६५ वर्षीय रुद्रबहादुर रानाले चैत ९ गते चारवटा गाई चराउनका लागि मनकामना सामुदायिक वनमा छाडेकोमा गाई गोठमा फर्केर नआएपछि खोजी गर्ने क्रममा मरेका गाई भेटिएका हुन् ।

आज सोमवार सामुदायिक वनमा गाईको शरीरको पछाडिको भाग खाएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.