बागमती गाउँपालिका वडा नम्बर ३ का कृषक समुहहरुलाई स्प्रे पम्प बितरण गरिएको छ । ३ नं. वडा कार्यलय कुटिभकारीमा आज एक कार्यक्रमका बिच पालिका अध्यक्ष सर्केश घलानकाे प्रमुख आतित्थ्यतामा उक्त सामाग्री वितरण गरिएको हो ।
वडा कार्यलयले २० वटा स्प्रे पम्प खरिद गरिएकाेमा वडा भरिका १४ ओटा कृषक समुहलाई १/१ वटा स्प्रे पम्प वितरण गरिएको छ । बाँकी ६ वटालाई आवश्यक्ता पहिचान गरि टाेल-टाेलमा बाँड्ने अध्यक्ष पाख्रिनले बताउनुभएकाे छ ।
बागमती गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र बागमती गाउँपालिका कृषि शाखाको समन्वयमा किसानहरुले पम्पको अभावमा बेहोर्नु परेको दुखलाई मध्य नजर गर्दै स्प्रे पम्प वितरण गरिएको वडा अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।
प्रमुख अथिती एबम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले उक्त सामाग्री हस्तान्तरण कार्यक्रमकालाई सम्वाेधन गर्दै, श्रमको सम्मान नभएसम्म देशले प्रगति गर्नै नसकिने बताउनु भयो । साथै स्थानीय उत्पादनलाई बढाएर बजारबाट खरिद गर्ने कार्य कम गर्नु पर्ने उहाँको भनाइ थियो । भौतिक बिकासको कार्य अब अन्तिम अन्तिम भएको भन्दै अब सबै जना उत्पादन तिर लाग्नु पर्ने भनाइ राख्नु भयो । जनताको जन-जिबीका माथी नउठेसम्म देशले कहिले पनि परिवर्तन र बिकासको महसुस गर्न नसक्ने भन्दै श्रममुलक कार्यमा सबै मिलेर गर्न लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष एबम सभाध्यक्षले किसानको सिपलाइ सिर्जनामा र सिर्जनालाई उत्पादनमा जोडेर आर्थिक समृद्धिको यात्रामा अघि बड्न सकिने बिचार व्यक्त गर्नु भयो । परिवर्तनको लागि जीवन बलिदान दिन तयार भएर लडेर आयौं अझै केही गर्न बाकी रहेको उहाँले बताउनु भयो ।
साथै प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रमकाे पनि आयाेजना गरिएकाे थियाे । श्रमकाे सम्मान, राष्ट्रकाे अभियान भन्ने मुल नाराका साथ जनप्रतिनिधी र बेराेजगार नागरिकहरुलाई लक्षित गरि बागमती गाँउपालिका राेजगार शाखाले कार्यकमकाे आयाेजना गरिएकाे थियाे ।
कार्यक्रममा राेजगार संयाेजक नगेन्द्र महत्ताेले प्रधानमन्त्री राेजगार कार्यक्रमद्वारा सञ्चालित आयाेजनाहरुकाे बिषयसँगै बेराेजगार सुचिमा सुचिकृत हुन बेराेजगार निवेदनकाे फारम भर्ने तरिका बारे सहजिकरण गर्नुभएकाे थियाे ।
अभिमुखीकरण कार्यक्रम गत माघ २५ देखि यहि फागुन ३० गते सम्म पालिकाका ९ वटै वडामा सञ्चालन भैरहेकाे र यहि फागुन २९ गते वडा नं. ६ स्थित अन्तिम कार्यक्रम राखिएकाे संयाेजक महताेले जानकारी दिनु भयाे ।
कार्यक्रममा १४ वटा कृषि समुहका सदस्यहरु र विभिन्न संघ संस्थाका ब्यक्तित्वहरुको उपस्तिथि रहेको थियो ।