व्यवस्थापन समितिको चुनावमा स्थानीय तहको झल्को, प्रतिस्पर्धा मुख्य तीन राजनीतिक दलको,

मकवानपुर (बागमती) – विद्यालय व्यवस्थापन समिति सदस्य छनोटको लागि भएको निर्वाचनमा मुख्य तीन राजनीतिक दल बीच कडा प्रतिस्पर्धा भएको छ । प्रतिस्पर्धामा माओवादी प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ स्थित बागमती माध्यमिक विद्यालयको व्यवस्थापन समितिका चार सदस्य चयनका लागि हिजो शुक्रवार चुनाव सम्पन्न भयो। दलीय समूह खडा गरी गरिए‌को चुनावमा माओवादी केन्द्रबाट तीन र कांग्रेस र एमालेको संयुक्त प्यानलबाट एक जना विजयी भए ।


माओबादी प्यानलबाट सोही विद्यालयका निवर्तमान अध्यक्ष बच्चु गोले खड्काले निर्वाचन चिन्ह किताबमा १ सय ७२ मत, सिर्जना पहरी श्रेष्ठले निर्वाचन चिन्ह कुर्सीमा १ सय ७४ मत र जीवन पहरीले निर्वाचन चिन्ह चरामा १ सय ६४ मत प्राप्त गरी विजयी भए । कांग्रेस र एमाले प्यानलबाट अनिता बराल निर्वाचन चिन्ह पङ्खामा १ सय ५५ मतसहित विजयी भईन । माओवादी प्यानलबाट एक उम्मेदवार कमी हुँदा बरालको विजयी सम्भव भएको हो।


त्यस्तै, कांग्रेस र एमाले प्यानलबाट उम्मेवारी दिएका भगवती राना, कमल राई र जगत बहादुर भोलन पराजित भए । रानाको निर्वाचन चिन्ह घडी, राईको निर्वाचन चिन्ह टेबल र भाेलनको निर्वाचन चिन्ह घरमा क्रमशः १४९, १४० र १३८ मत प्राप्त गरे । भोलन सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन्। आफ्ना बालबालिकाको पढाई कस्तो छ भन्ने बुझ्न एक दिन पनि विद्यालय नपुग्ने र विद्यालयको संघार नटेक्ने अविभावकको हिजो बाक्लै भीड बागमती माविमा लागेको दियो। कक्षा १२ सम्म संचालनमा रहेको सो विद्यालमा इमिसमा भएकाे तथ्यांक अनुसार भर्ना भएका ५ सय ६३ बालबालिकाका ४ सम २१ जना अभिभावकहरु मध्ये महिला १ सय ८७ जना र पुरुष १ सय ४३ जना गरी जम्मा ३ सय ३० जना अभिभावकले निर्वाचनमा मतदान गरेका थिए। जसमध्ये ३ सय १५ मत सदर र १५ मत पूर्णरुपमा बदर भएको थियाे।

निर्वाचनमा मतदानको कार्य शुक्रवार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको थियाे। अपरान्ह ५:३० बजेदेखि सुरु भएको मतगणना कार्य बेलुकी ८:२० बजे सपन्न भएको थियो ।
शिक्षा ऐन, २०२८ को दफा १२ को (क) र बागमती गाउँपालिकाको स्थानीय शिक्षा ऐन, २०७४ को दफा १६ को उपदफा १ (क) मा व्यवस्था भएबमोजिम अभिभावकले आफू मध्ये छनोट गरी पठाएको कम्तिमा दुई महिला सहित चार सदस्य हुने व्यवस्था छ। सोही चार सदस्य छनोटका लागि पटक-पटक गरिएको छलफलले सहमतिमा व्यवस्थापन समितिका सदस्य चयन गर्ने प्रयास असफल भएपछि उनीहरु लोकतान्त्रिक विधिबाट समिति सदस्य चयन गर्ने निर्णयमा पुगेका हुन्।

व्यवस्थान समितिको नेतृत्व हात पार्न लडेका उनीहरुको चुनावी प्रचार-प्रसार र घरदैलाेले स्थानीय तहकै चुनावको झल्को दिने गरी जुटेका थिए। निर्वाचनको समयमा बागमती गाउँपालिकाका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले आफ्नो शक्ति परीक्षण र प्रदर्शन गरी वडा र विद्यालयमा आफ्नो प्रभाव जमाउन भरपूर प्रयत्न गरेका थिए। राजनीतिक दलहरूमा जुनसुकै निकायमा पनि आफ्नो प्रभाव हुनुपर्ने गलत प्रवृत्ति बढेको छ। सबै निकायलाई आफ्नो ‘वश’मा राख्नुपर्छ आफ्नो प्रभाव जमाउनु पर्छ भन्ने प्रवृत्तिले व्यवस्थापन समितिलाई पनि राजिनितिले गाँजेको छ । पालिकाको वडा नम्बर ८ शान्तिपुर स्थित जनता माविमा पनि व्यवस्थापन समिति सदस्य छनोटका लागि गत वर्ष दलीय प्रतिस्पर्धा भए‌काे थियाे ।

 

 

 

 

 

विद्यालय व्यवस्थापन समिति गठन गर्न अविभावकको मतदानले कम्तिमा दुई महिलासहित चार सदस्य निर्वाचित गर्नुपर्ने र दुई सदस्य, शिक्षक स्टाफ मध्येबाट एक शिक्षक सदस्य, सम्बन्धित वडाका वडा अध्यक्ष वा निजले तोकेको एक पद्देन सदस्य र विद्यालयको प्रधानाध्यापक गरी ९ जना सदस्यसहितको समिति रहने व्यवस्था छ। पालिकाको ऐन अनुसार बहालवला जनप्रतिनिधि तथा शिक्षक अध्यक्ष हुननसक्ने व्यवस्था छ। आभिभावकबाट निर्वाचित चार र मनोनित दुई सदस्यबाट व्यवस्थापन समितिको अध्यक्ष बन्ने ऐनमा व्यवस्था छ भने प्रधानाध्यापक सदस्य सचिव रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *