आम जनता पार्टी मकवानपुरको अधिवेशन सम्पन्न 

 

हेटौडा : आम जनता पार्टी मकवानपुरको आज क्लब हेटौडामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएकाे छ l अधिवेशन शिशिर राजथालाको सभाध्यक्षतामा भएको थियो l कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टीका केन्द्रीय अध्यक्ष माननीय प्रभु सहा रहनु भएको थियो l

त्यसै गरि पार्टीका केन्द्रीय उपाध्यक्ष, महासचिब र IT ARMY का केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको साथै नेकपा एमाले मकवानपुरका युवा विद्यार्थी नेता मनिष मान श्रेष्ठको विशिष्ट आतित्थ्यता रहेको थियो l

कार्यक्रममा करिब ४ सय युवाहरुको उपस्थिति रहेको थियो l कार्यक्रममा दुइ सहिद परिवारलाइ सम्मान समेत गरेका थिए l यस प्रथम जिल्ला अधिवेशनले शिशिर राजथलालाई संयोजक, सुदिप राजथला र श्रीनिवास साहलाई सह-संयोजक घोषणा गरेको छ l

साथै आम जनता पार्टीको भात्रृ संगठन I T ARMY को संयोजकमा पुकार थिङ्ग र सह संयोजकमा अरुण स्याङ्तानलाई चयन गरेको छ l

कार्यक्रममा IT ARMY केन्द्रीय अध्यक्ष चन्द्र भुषण साह, पार्टी केन्द्रीय महा-सचिब, उपध्यक्ष र नेकपा एमालेको तर्फवाट मनिष मान श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए भने मूल मन्तब्य प्रमुख अतिथि प्रभु साहले राख्नु भएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *